मध्यम वर्गलाई पनि लकडाउनको प्रत्यक्ष असर

मध्यम वर्गलाई पनि लकडाउनको प्रत्यक्ष असर
-प्रविन पाठक खासगरी विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीले थप आक्रान्त पार्दै गएको छ । यस महामारीका कारण नेपालमा पनि सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ । साँढे दुई महिनाअघिदेखि लागू भएको लकडाउनका कारण उद्योग व्यापार सबै ठप्प छन् । धैरै व्यवसाय पछिसम्म पनि बन्द हुने निश्चित छ । जसले गर्दा धेरेको रोजीरोटी गुम्दै गएको छ । सरकारको असहयोग र गैरजिम्मेवारीका कारण संक्रम...

विपन्न चेपाङलाई रोट्र्याक्ट क्लब नारायणगढको सहयोग

विपन्न चेपाङलाई रोट्र्याक्ट क्लब नारायणगढको सहयोग
चितवन । कोरोना संक्रमण जोखिमका कारण जारी कलडाउनका कारण खाद्यान्न संकट परेका परिवारलाई रोट्र्याक्ट क्लब अफ नारायणगढले सहयोग गरेको छ । मजदुरी गरेर खाने चेपाङ समुदायलाई खाद्यान्न वितरण गरेको हो । कालिका नगरपालिकाको वडा नम्बर १० र ११ का अति विपन्न ६३ परिवारलाई राहत वितरण गरिएको हो । सिद्धिको तीन दोभानमा दुई वडाका अतिविपन्न परिवारलाई जममा गरेर राहत सहयोग गरेका थिए । प्रतिपरि...

कोरोना भाइरसका कारण २४ घन्टामा विश्वभर ४ हजार ६६९ जनाको मृत्यु

कोरोना भाइरसका कारण २४ घन्टामा विश्वभर ४ हजार ६६९ जनाको मृत्यु
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण पछिल्लो २४ घन्टामा विश्वभर ४ हजार ६६९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलका छन् । ब्राजिलमा १ हजार २३२ जनाको मृत्यु भएको छ भने अमेरिकामा १ हजार १३४ जनाले ज्यान गुमाएका छन् । यस्तै, बेलायतमा ३२४ जनाको ज्यान गएको छ । यसैगरी, भारतमा पछिल्लो २४ घन्टामा २२१, रुस...

धारिलो हतियार प्रहार गरी एकको हत्या

धारिलो हतियार प्रहार गरी एकको हत्या
कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा मंगलबार राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिए । हत्या अरोपमा प्रहरीले हरनामपुरका २८ वर्षीय रामलौटन चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक जोशीले बताए । म...

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट
डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइत...

छुवाछूत समाजको विडम्बना : मुख्यमन्त्री गुरुङ

छुवाछूत समाजको विडम्बना : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्बनापूर्ण रहेको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुधबार एक सन्देश प्रकाशित गर्दै उनले समाजमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा छुवाछूतजन्य व्यवहार कायम रहेको र यस्तो कुरा रत्तिभर पनि सह्य नहुने स्पष्...

घूस लिएको अभियोगमा दुई पक्राउ

घूस लिएको अभियोगमा दुई पक्राउ
ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घूस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो । उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुग...

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु
कैलाली । डडेल्धुराको क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोटस्थित क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिला र उनका श्रीमान् भारतबाट चार दिनअघि आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए । सप्रनि विष्टका अनुसार मंगलबार राति श्रीमान...

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह
नवलपरासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ता...

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु

भारतको आसाम राज्यमा पहिरोमा परी २० व्यक्तिको मृत्यु
नयाँ दिल्ली । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू ...