चितवनकी एक महिलासहित छ जना संक्रमित थपिए, संक्रमितको संख्या २७३ पुग्यो
चितवन । चितवनमा एक महिलासहित नेपालमा कोरोना भाइरसका थप छ जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शनिबार ६ जना संक्रमित थप भएको जानकारी दिए ।
संक्रमित हुनेहरुमा चितवन, बर्दिया, सिरहा, पर्सा र सर्लाहीका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार पूर्वी चितवनको राप्ती नगरपालिका १ गड्यौली निवासी २५ वर्ष...





