सुनचांँदी व्यवसायीद्वारा दैनिक २५० जनासम्मलाई खाना

सुनचांँदी व्यवसायीद्वारा दैनिक २५० जनासम्मलाई खाना
चितवन । चितवनका सुनचांँदी व्यवसायीहरुले चैत २९ गतेदेखि बिहीबार ३४ औं दिनसम्म पनि विपन्न, बेसहारालाई खाना खुवाउने अभियानलाई निरन्तरता दिएका छन् । आफ्नै व्यवसाय धराप र मारमा परिरहेका बेला मानवीय धर्म पूरा गर्ने उद्देश्यले उनीहरुले खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् । उद्योग वाणिज्य संघ चितवनको परिसरमा व्यवसायीहरुले त्यस्ता व्यक्तिहरुलाई दैनिक एकछाक खाना खुवाउंँदै आएक...

बंगलादेशको रोहिंज्या शरणार्थी शिविरमा कोरोना भाइरस सङ्क्रमण

बंगलादेशको रोहिंज्या शरणार्थी शिविरमा कोरोना भाइरस सङ्क्रमण
कोक्स बजार । बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो । भीडभाडका कारण सरसफाइ नभएको शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमणपछि राहिंज्या शरणार्थी रहेका स्थानहरूमा सङ्क्रमण फैलिन पुगेमा यो भयावह अवस्था...

ट्रम्पले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

ट्रम्पले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको भन्दै चीनको विदेश मन्त्रालयले उक्त आरोप लगाएको हो । मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप...

भारतमा कोभिड–१९ बाट ७८ हजार ८१० संक्रमित

भारतमा कोभिड–१९ बाट ७८ हजार ८१० संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या बिहीबारसम्म ७८ हजार ८१० जना पुगेको छ । गत २४ घन्टामा भारतमा थप ३ हजार ७६३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बुधबार एक दिनमा १३६ जनाको मृत्यु भएको थियो । बिहीबार बेलुकी ८ बजेसम्म १३ जनासहित यस प्रकोपबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५६४ जना पुगेको छ । यस...

कोभिड-१९ : विश्वभर १६ लाख ८० हजार मानिस निको भई घर फर्किए

कोभिड-१९ : विश्वभर १६ लाख ८० हजार मानिस निको भई घर फर्किए
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या बिहीबार रातिसम्म ४४ लाख ७१ हजार पुगेको छ । जसमध्ये १६ लाख ७९ हजार ६३९ जना निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १६ लाख ७९ हजार ६३९ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा परेको ...

विदेशीसँग मिलेर जिनेटिक अनुसन्धान गर्ने छ चिकित्सकसँग स्पष्टीकरण

विदेशीसँग मिलेर जिनेटिक अनुसन्धान गर्ने छ चिकित्सकसँग स्पष्टीकरण
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह र प्रयोगशालकै डा रुना झा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता...

अमेरिकामा दुई करोड ६० लाखले भरे बेरोजगार भत्ताको फाराम

अमेरिकामा दुई करोड ६० लाखले भरे बेरोजगार भत्ताको फाराम
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार भएका तीन करोड ६० लाख मानिसले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । अमेरिकामा पछिल्लो दुई महिनायता यति धेरै मानिसले बेरोजगार फाराम भरेका हुन् । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक सातामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् । बेरोजगार भत्ताको दाबी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्...

चितवनमा लकडाउन कार्यान्वयनका लागि ७५० प्रहरी परिचालन

चितवनमा लकडाउन कार्यान्वयनका लागि ७५० प्रहरी परिचालन
चितवन । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरीले लकडाउनमा कडाइ गर्ने भएको छ । सरकारले लागू गरेको लकडाउन कार्यान्वयन गर्न प्रहरीले चौबीसैघन्टा पैदल तथा मोबाइल गस्ती, चेक प्वाइन्ट, पिकेटलगायतको कामका लागि ७५० भन्दा बढी प्रहरी कर्मचारीहरु खटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कोरोना भाइरसको महामारीको...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो
काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ७८ हजार नाघेको छ । जोन्स हकिन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार रातिसम्ममा विश्वभर तीन लाख २२० जनाको मृत्यु भएको छ भने ५३ हजार नयाँ संक्रमित थपिएका छन् । प्राप्त समाचारअनुसार विश्वभर ४५ हजार ८९० मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल...

थप तीनसहित कोरोना संक्रमितको संख्या २४९ पुग्यो

थप तीनसहित कोरोना संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौँ । नेपालमा बिहीबार थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जनाएअनुसार बिहीबार काठमाडौँ दहचोकका ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया किशोरी तथा धादिङकी ३० वर्षीय एक महिलामा कोरोना भाइरस देखिएको हो । यससँगै नेपालमा कोरोना भाइरसका बिरामीको संख्या २४९ पुगेको छ । जसमा ३५ जना उपचारपश्चात् निको ...