रौतहटका १० जनामा सङ्क्रमण, संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा नयाँ १० जनामा सङ्क्रमण देखिएको बताए ।
नयाँ सङ्क्रमितमा सबै रौतहटका पुरुष रहेका छन् । उनका अनुसार राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष र इशनाथ नगरपालिका वडा नंं ...






