६३ वर्षीया महिला डिस्चार्ज भएसँगै चितवन कोरोनामुक्त

६३ वर्षीया महिला डिस्चार्ज भएसँगै चितवन कोरोनामुक्त
चितवन । कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैन । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो । यसअघिका पाँचपटकको नतिजामा नियमि...

महाराष्ट्रमा एक हजार बढी प्रहरी कोरोना संक्रमित

महाराष्ट्रमा एक हजार बढी प्रहरी कोरोना संक्रमित
मुम्बई । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्र प्रहरीले मङ्गलबार जानकारी गराएको छ । मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्...

भारतमा कोभिड–१९ बाट ७२ हजार ५९३ संक्रमित

भारतमा कोभिड–१९ बाट ७२ हजार ५९३ संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बेलुकीसम्म ७२ हजार ५९३ पुगेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७ जनाको मृत्यु भएको बताइएको छ । गत २४ घन्टामा मात्र ३ हजार ६०७ जना कोरोना भाइरस संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यस प्रकोपबाट। मृत्यु हुनेहरूको सख्या २ हजार ३३१ जना पुगेको छ । यस ...

नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौँ । नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्रै ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । बाँके जिल्लाको पहिलो को...

भारतीय विस्तारवादविरुद्ध नेविसंघको प्रदर्शन

भारतीय विस्तारवादविरुद्ध नेविसंघको प्रदर्शन
चितवन । भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेसको भातृसंघको आह्वान्मा रत्ननगर नगरपरिक्रमा गरी सौराहाचोकमा विरोध प्रदर्शन भएको छ । विरोध कार्यक्रममा नेपाल तरुणदल क्षेत्र नं २, नेपाल तरुण दल रत्ननगर, नेविसंघ क्षेत्र नं २, नेविसंघ रत्ननगर र नेविसंघ शहीद स्मृति क्याम्पस इकाइका युवा नेता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । नेविसंघ क्षेत्र नं २ का नेत...

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ
कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । जिल्...

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द
लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजा...

सीमा अतिक्रमणविरुद्ध माडीका युवाको आक्रोश

सीमा अतिक्रमणविरुद्ध माडीका युवाको आक्रोश
अजित अधिकारी चितवन । सत्तारुढ दल नेकपा विद्यार्थी संगठन एवंम् साबिक अखिल कान्तिकारी माडी क्याम्पसका अध्यक्ष पदम पन्तले कोरोना महामारीको संकटको बेला भारतीय विस्तारवादीहरुले नेपालको भूमिमाथि लगाएको गिद्वेनजर कुनै हालतमा सहय नहुने बताएका छन् । विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको सन्त्रास र यसबाट अकालमा विभिन्न देशका जनतहरुले अकालमा ज्यान गुमाइरहेको अवस्...

अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव

अलपत्र नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौँ । कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अफ्ठ्यारामा परेका नेपालीलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापा प्रस्तावक भएको सो प्रस्तावको समर्थकमा सांसद डिला सङ्ग्रौला र प्रकाश रसाइली (स्नेही) छन् । महामारीका कारण रोजगारी गुमेका, रोजगारदाताले फिर्ता ...

नेपालमा १७ हजार बढी पिसिआर परीक्षणलाई तीव्रता

नेपालमा १७ हजार बढी पिसिआर परीक्षणलाई तीव्रता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउनका लागि परीक्षणलाई तीव्रता दिएको छ । कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १७ हजार ८०९ र आरडिटी ५८ हजार ५४६ व्यक्तिमा गर्न सफल भएको छ । पछिल्लो २४ घन्टामा थप दुई हजार ७९९ को परीक्षण सम्पन्न गरेको छ । मन्त्रालयमा आज आयोजित नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवको...