सीमा क्षेत्रमा सक्रिय बन्यो सशस्त्र प्रहरी

सीमा क्षेत्रमा सक्रिय बन्यो सशस्त्र प्रहरी
दार्चुला । महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि दार्चुलासँग सीमा जोडिएका भारतका विभिन्न ठाउँबाट नेपाली स्वदेश फर्कने क्रम जारी छ । सीमानाका बन्द हुँदा सशस्त्र प्रहरीको ...

गुणस्तरहीन राहत आपूर्ति गर्ने व्यापारीलाई जरिवाना

गुणस्तरहीन राहत आपूर्ति गर्ने व्यापारीलाई जरिवाना
धनगढी । धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा वितरण गरेको राहत चामलको गुणस्तर परीक्षण र छानबिनमा गुणस्तरहीन भेटिएपछि चामलको आपूर्तिकर्ता फार्म ठाकुर ट्रेडलिङ्कलाई जरिवाना गरेको छ । वडाका केही स्थानीयले राहतअन्तर्गत वितरण गरिएको चामलमा किरा भेटिएको भन्दै गुनासो गरेपछि उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण क...

उवासंघ चितवनका पूर्वउपाध्यक्ष कँडेलद्वारा लगानीको सुरक्षा माग

उवासंघ चितवनका पूर्वउपाध्यक्ष कँडेलद्वारा लगानीको सुरक्षा माग
चितवन । उद्योग वाणिज्य संघका चितवन पूर्वउपाध्यक्ष एवं घर बहाल सरोकार महासंघका उपाध्यक्ष विष्णुप्रसाद कँडेलले सरकारसंँग तत्काल उद्योगी व्यवसायीहरुको लगानी सुरक्षाको माग गरेका छन् । कोरोना भाइरसका कारण देश लकडाउन (बन्दाबन्दी) मा गएको ५० दिन बितिसक्दासमेत सरकारले आफूहरुको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सहज वातावरण सिर्जना गर्न उनले माग गरेका हुन् । दिन प्रतिदिन सम्पूर...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण
काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको...

सेवा शुल्क बढी लिएपछि मनमोहन अस्पताललाई कारबाही

सेवा शुल्क बढी लिएपछि मनमोहन अस्पताललाई कारबाही
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारबाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवा शुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु ...

सीमामा रहेका नेपालीलाई सुरक्षित भित्र्याउन माग

सीमामा रहेका नेपालीलाई सुरक्षित भित्र्याउन माग
परासी । भारतीय सीमा क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित तरिकाले स्वदेश भित्र्याउन नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का राजनीतिक दलले माग गरेका छन् । स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउनुपर्ने उनीहरुको भनाइ छ । भारतमा लकडाउन खुकुलो भएसँगै रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ । अहिले पनि जिल्लाको नेपाल–भारत सीमा नाक...

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा पोजिटिभ पुष्टि

भारतीय क्वारेन्टाइनमा बसेका नेपालीमा पोजिटिभ पुष्टि
लुम्बिनी । स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ । नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक ड। उज्ज्वल कुमारले बताए । पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्द...

एकैदिन ८३ जनामा संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो

एकैदिन ८३ जनामा संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मंगलबार राति पुनः २६ जनामा देखिएको छ । मंगलबार अपरान्हमात्रै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा मंगलबार पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिए...

कोभिड-१९ : विश्वभर ४३ लाख ३ हजार संक्रमित, दुई लाख ९० हजारको मृत्यु

कोभिड-१९ : विश्वभर ४३ लाख ३ हजार संक्रमित, दुई लाख ९० हजारको मृत्यु
काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्‍याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४३ लाख ३ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये १५ लाख ५१ हजार ३६९ निको भई घर फर्किएका छन् । विश्वका २१२ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म दुई लाख ९० हजार मानिसको ज्यान गएको छ । अझै २४ लाख ६१ हजार ८३७ जना बिरामीले विभिन्न अस्पतालमा उपच...

प्रदेश २ बाट बाग्मती प्रदेश प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय

प्रदेश २ बाट बाग्मती प्रदेश प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय
हेटौँडा । प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका भोलिदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो । देशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरुमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल...