श्रीमानबाट खुकुरी प्रहार गरी श्रीमतीको हत्या
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकास्थित सिमलटाँडीमा एक श्रीमानले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
बारा जिल्ला सिमरा स्थायी घर भई हाल सिमलटाँडीमा भाडामा बस्दै आएकी ३५ वर्षीया मञ्जु अधिकारीलाई ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख ऋषिराम घर्तीमगरका अनुसार हत्या शनिबार राति साढे ९ बजे...









