कोरोना अपडेटः विश्वभर २ लाख ७३ हजारको मृत्यु, ३९ लाख ६८ हजार संक्रमित
जेनेभा । कोरोना भाइरसका कारण विश्वभर २ लाख ७३ हजार ५३४ बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख ६८ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार रातिसम्ममा विश्वभर २४ घन्टाको अवधिमा ५ हजार ५८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि विश्वभर ६ हजार ८११ जनाको मृत्यु भएको थियो ।
प्राप्त समाचारअनुसार विश्वभर करिब ४८ हजार ९०५ मान...









