बुद्ध जयन्तीमा मोदीले गरे स्वास्थ्यकर्मीहरुको प्रशंसा
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रशंसा गरेका छन् । उनले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि उच्च मनोबलका साथ काम गरेको बताएका छन् ।
उनले स्वास्थ्यकर्मीहरुले भगवान् गौतम बुद्धले जस्तो सन्देश विश्वलाई नै दिएका पनि बताए । आज भगवान् गौतम बुद्...









