महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या ११ पुग्यो
महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्...

करिब २३ हजार व्यक्ति क्वारेन्टाइनमा, ६१ हजार बढीको परीक्षण

करिब २३ हजार व्यक्ति क्वारेन्टाइनमा, ६१ हजार बढीको परीक्षण
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले बाह्य मुलुकबाट आउने शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं १ मा दुई हजार ८६५, प्रदेश नं २ म...

पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण
चितवन । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री दिएको छ । क्रियाशील पत्रकारको लागि कोरोना भाइरसको जोखिमबाट सुरक्षित राख्न प्रेस संगठनले मास्क, सेनिटाइजरलगायतका सामग्री उपलव्ध गराएको हो । संगठनका जिल्ला संयोजक प्रकाश ज्ञवालीलगायतको टोलीले स्वास्थ्य सामग्री महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडालगायतका टोलीलाई हस्तान्तरण गरेका थिए । ने...

तीन सातापछि देखिए उत्तर कोरियाली नेता किम

तीन सातापछि देखिए उत्तर कोरियाली नेता किम
सोल । उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिकरुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको छ। कोरियन से...

ताप्लेजुङमा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङमा भीषण आगलागी, सात घर जलेर नष्ट
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो । राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए । त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्...

भारतमा ३७ हजार बढी संक्रमित, एक हजार २२३ को मृत्यु

भारतमा ३७ हजार बढी संक्रमित, एक हजार २२३ को मृत्यु
नयाँ दिल्ली । भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २२३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको २४ घन्टायता भारतमा २ हजार ३९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । भारतभर गएको २४ घन्टायत...

अटोमोबाइल व्यवसायीद्वारा यातायात मजदुरलाई राहत

अटोमोबाइल व्यवसायीद्वारा यातायात मजदुरलाई राहत
चितवन । अटोमोबाइल व्यवसायीद्वारा जिल्लामा रहेका यातायात मजदुर, मेकानिक्स, श्रमिकलगायतलाई खाद्यान्न वितरण गरिएको छ । यातायात मजदुरमाथि राज्यको आंँखा नपरेको र स्थानीय सरकारले समेत बेवास्ता गरेको भन्दै व्यवसायीहरुले राहत वितरण गरेका हुन् । चितवन अटो मेकानिकल व्यवसायी संघ र अटोमेकानिकल बचत तथा ऋण सहकारी संस्था, नारायणगढको सहकार्यमा आज १०० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको हो ।...

राहत वितरणमा छानबिन समिति गठन

राहत वितरणमा छानबिन समिति गठन
वीरगञ्जमा । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वितरण गरिएको राहतमा ब्यापक गुनासो आउन थालेपछि महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सोको छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् । महानगर प्रमुखले सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुणकुमार महतोको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको जनाइएको छ । चार दिनभित्र प्रतिवेदन बुझाउनुपर...

कालोबजारी गर्ने पाँच व्यवसायी कारबाहीमा

कालोबजारी गर्ने पाँच व्यवसायी कारबाहीमा
कैलाली । कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख ६० हजार जरिवाना गरि...

६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण

६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण
काठमाडौँ । सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड–१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को पिसिआर विधिबाट र ४७ हजार ७९७ जनाको आरडिटी विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २४ हजार ९०७ क्वारेन्टाइनमा रहेका र ९४ जना आइसोलेसनमा रहेका जानकारी दिए । आइस...