भारतमा ४० हजार संक्रमित, १३ सय २३ को मृत्यु
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ८३ जनाको मृत्यु भएको छ भने २ हजार ७२३ जना संक्रमित भेटिएका छन् ।
भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...









