लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती

लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती
चितवन । लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । सहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत ११ गते लकडाउन सुरु भएयता निकुञ्जमा विभिन्न तवरबाट प्रवेश गर्नेको सङ्ख्या निकै बढेको छ । यस अवधिमा ४४३ जनालाई पक्राउ गरी आवश्यक ...

मासु र औषधि पसल कारबाहीमा

मासु र औषधि पसल कारबाहीमा
काठमाडौँ । खसीको मासुलाई प्रतिकिलो रु एक हजार पाँस सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारबाही गरिएको छ । चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले रु दुई लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मू...

भारतबाट खुलेयाम तरकारी र फलफूल भित्रिन थालेपछि नेपाली कृषक मारमा

भारतबाट खुलेयाम तरकारी र फलफूल भित्रिन थालेपछि नेपाली कृषक मारमा
अजित अधिकारी वीरगञ्ज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको कारण यतिबेला विश्व सन्त्रासमा रहेको अवस्थामा यस घातक रोगबाट बच्न सरकारले लकडाउनको व्यवस्था गरिरहेको छ । यसको एकमात्र वैकल्पिक उपाय भनेको लकडाउन रहेकाले सरकारले सबैमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । यता लकडाउनको समयमा भारतबाट खुलेयाम तरकारी र फलफूलहरु भित्रिन थालेपछ...

नेतृत्वबाट कसरी हटाइए पुष्पलाल ?

नेतृत्वबाट कसरी हटाइए पुष्पलाल ?
नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठका बारेमा नेपालका कम्युनिष्ट घटकहरूकै मूल्यांकन फरक–फरक रहँदै आएका छन् । २४ वर्षको उमेरमा नेकपाको संस्थापक तथा महासचिव बनेका पुष्पलाल दुई वर्ष पुग्दानपुग्दै महासचिव पदबाट हटाइए । पुष्पलाललाई नेतृत्वबाट हटाउनु नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै एउटा यस्तो परिघटना बन्यो, जससँगै नेपाली कम्युनिस्ट आन्दोलनमा समेत ...

कोरोना जितेकी युवती भन्छिन्, धैर्य र आत्मबल नै कोरोनाको औषधि

कोरोना जितेकी युवती भन्छिन्, धैर्य र आत्मबल नै कोरोनाको औषधि
– खेमराज गौतम गलकोट । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त हुनुभएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छै...

कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता

कोरोना सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतर्कता
झापा । झापाको दमकमा शुक्रबार साँझ एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि यहाँ उच्च सतर्कता गर्न थालिएको छ । गत चैत ४ गते युनाइटेड अरब इरिमेट्स (दुबइ)बाट घर आएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा बिहीबार गरिएको आरडिटी परीक्षणमा तीनै जनाको एण्टीबडी पोजेटिभ देखिएको र तीमध्ये ६२ वर्षीय बुबामा भने पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सु...

कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा

कोरोना भाइरस रोकथामका लागि सेना तयारीमा
बुटवल । कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ । मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा कुल ४५३ शय्याको क्वारेन्ट...

कालोबजारी गर्ने तीन पसललाई कारवाही

कालोबजारी गर्ने तीन पसललाई कारवाही
काठमाडौँ । लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र एन–९५ मास्क बिक्रीवितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ । उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्रीवितरण भएको र खरिद बिल नभएको पाएपछि कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्...

सरकारी गाडीमा खसी ओसारेपछि प्रशासनको कारबाही

सरकारी गाडीमा खसी ओसारेपछि प्रशासनको कारबाही
चितवन । खानेपानी मर्मतका लागि ‘फिल्ड’मा गएका बेला कर्मचारीले खसी ओसारेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मौखिकरूपमा सोधपुछ गरी अबदेखि सरकारी सवारीसाधनको दुरूपयोग नगर्न निर्देशन दिएको छ । लकडाउनको समयमा जनतालाई सेवा दिने बहानामा व्यक्तिगत प्रयोजनको लागि सरकारी कर्मचारीले सरकारी सवारी प्रयोग गर्न नपाइने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । यस विषय...

चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त

चितवनका एक सङ्क्रमित कोरोना भाइरस मुक्त
चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार लगातार दुईपटक गरिएको परी...