गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण

गण्डकी प्रवेश गर्ने मुख्य नाकामा निसङ्क्रमण
तनहुँ । गण्डकी प्रदेश प्रवेश गर्ने सवारी साधनलाई निसङ्क्रमण (डिसइन्फेक्सन) गर्न शुरु गरिएको छ । प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा सवारी साधन निसङ्क्रमण गर्न शुरु गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिले सवारी साधनलाई निसङ्क्रमण गरेपछि मात्रै प्रवेशको व्यवस्था मिलाउने निर्णय गरेसँगै आँबुखैरेनी गाउँपालिकाको समन्वयमा कोरसोलि...

चट्याङले फेरि लियो ज्यान

चट्याङले फेरि लियो ज्यान
गलकोट । गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्रीको मृत्यु गएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । घरमै बसिरहेका बेला परेको चट्याङ लागेर मृतक खत्रीका श्रीमान् सोमबहादुर बेहोस भए पनि अहिले अवस्थामा सामान्य रहेको जनाइएको छ । चट्याङबाट कुनै भौतिक क्षति भने नभएको वडाध्य...

नेकपाभित्र आन्तरिक एकता सुदृढ तुल्याइने : प्रधानमन्त्री

नेकपाभित्र आन्तरिक एकता सुदृढ तुल्याइने : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाएका छन् । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने विश्वास व्यक्त गर्दै उनले बितेका यी वर्...

लकडाउन पालना गराउँदा कुटिए प्रहरी

लकडाउन पालना गराउँदा कुटिए प्रहरी
सर्लाही । लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुव्र्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । मण्डललाई उपचारका लागि हरिवनको नमूना अस्पतालमा राखिएको प्रहरील...

बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु

बेलायतमा हालसम्म १८ नेपालीको मृत्यु
लण्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस...

कोरोना कोषमा २ अर्ब ११ करोड

कोरोना कोषमा २ अर्ब ११ करोड
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र रु एक करोड ३५ लाख तीन हजार ४२० कोषमा जम्मा भएको छ । मङ्गलबार एभरेष्ट बैंकले रु ६० लाख, राष्ट्रिय योजना आयोगबाट रु चार लाख ६६ हजार २३०, अख्...

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा
काठमाडौँ । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्ष...

इच्छाकामनामा घरघरमै पुगेर स्वास्थ्य जाँच

इच्छाकामनामा घरघरमै पुगेर स्वास्थ्य जाँच
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमा पुगेर स्वास्थ्य जाँच सुरु गरिएको छ । कोरोना भाइरसको त्राससँगै लकडाउनमा रहेका गाउँपालिकाका नागरिकहरुको मुग्लिन हाइवे अस्पतालले गाउँपालिकाको सहकार्यमा व्यक्तिगत स्वास्थ्य विवरणसहित अद्यावधिक अभिलेख (हेल्थ हिस्ट्री रेकर्ड) समेत घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण सेवा मंगलबारबाट सुरु गरेको हो । घरघरमा स्वास्थ्य जोखिम हुने व्यक्तिक...

कोरोना भाइरस प्रयोगशालामा नबनाइएको डब्लुएचओको दाबी

कोरोना भाइरस प्रयोगशालामा नबनाइएको डब्लुएचओको दाबी
न्युयोर्क । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) कृत्रिम नभएको अर्थात् प्रयोगशालामा नबनाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावर हुँदै मानिसमा सरेको डब्लुएचओले जनाएको छ । हालसम्म प्राप्त प्रमाणहरुका आधारमा विश्वव्यापी महामारीको रुप फैलिएको कोरोना भाइरसको उत्पत्ति जनावरबाटै भ...

विश्वमा चरम खाद्यान्न अभावको समस्या दोब्बर हुन सक्ने प्रक्षेपण

विश्वमा चरम खाद्यान्न अभावको समस्या दोब्बर हुन सक्ने प्रक्षेपण
पेरिस । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले मङ्गलबार चेतावनी दिएको हो । डब्ल्युएफपी र अन्य साझेदारहरू...