प्रेस युनियनको तीन लाखको राहत कोष स्थापना
चितवन । नेपाल प्रेस युनियन चितवनले तीन लाख रुपैयाँको पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरेर आज दिउँसो बसेको ‘अनलाइन बैठक’ ले सो कोष स्थापनाको निर्णय गरेको हो ।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्य...









