बन्दाबन्दी उल्लंघन गर्नेलाई तीन घन्टा कक्षा

बन्दाबन्दी उल्लंघन गर्नेलाई तीन घन्टा कक्षा
चौतारा । सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघन्टा सडकमा उभ्याइने गरेको छ । अर्को डेढघन्टा कोरोना भाइरस संक्रमणविरुद्ध जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ...

पूर्वी चितवनमा हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने

पूर्वी चितवनमा हावाहुरी र असिनाले पुर्‍याएको क्षतिको विवरण लिइने
चितवन । पूर्वी चितवनमा शनिबार साँझ आएको हावाहुरी र असिनाले नगदे बालीमा पारेको असरको तत्काल लगत संकललन गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको कृषिजन्य उत्पादनका क्रियाकलापलाई सञ्चालन गर्नका लागि समन्वयात्मक बैठकमा तत्काल क्षतिको लगत संकलन गर्ने निर्णय गरिएको हो । कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा परेको असिना पानी र हावाहुरीले मकै, तरकारी र केरामा क्षति ...

भरतपुर अस्पतालमा अत्यावश्यक सेवा बन्द नहुने

भरतपुर अस्पतालमा अत्यावश्यक सेवा बन्द नहुने
चितवन । कोभिड-१९ को सङ्क्रमण देखिएर बिरामी राखिएको भरतपुर अस्पतालमा अन्य अत्यावश्यक सेवा बन्द नहुने जनाइएको छ । कोरोना सङ्क्रमण देखिएकालाई अस्पतालको एउटा भवनको भुइँ तलामा आवतजावत बन्द गराइए पनि अत्यावश्यक सेवा सुरक्षित तवरबाट सञ्चालन गरिएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा सङ्क्रमण भएकालाई अस्पतालको ब्लक ए को भुइँतलामा आवतजावत बन्द गरी आवश्यक प्रविधि जडान गरेर स्वास्थ्य...

रामपुरमा तितेपाती मिसाएको स्यानिटाइजर उत्पादन

रामपुरमा तितेपाती मिसाएको स्यानिटाइजर उत्पादन
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले तितेपाती मिसाएर ह्याण्ड स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयले बनाएको स्यानिटाइजर कृषक एवं कृषि उत्पादन ओसारपसार गर्नेलाई वितरण गरिने छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रद्वारा ह्याण्ड स्यानिटाइजर उत्पादन गरिएको हो । केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरियाका अनुसार ह्याण्ड स्यानिटाइजरमा तितेपातीको तेल शून्य दशम...

पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै

पैदलयात्रीलाई खाजा खुवाउँदै गाडी चढाउँदै
चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले केन्द्र सरकारको निर्देशनानुसार पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् । लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै ...

कोरोना राहत कोषमा सहकारीको ५५ हजार

कोरोना राहत कोषमा सहकारीको ५५ हजार
चितवन । साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारले कोरोना राहत कोषमा रु ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष नरबहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीताकुमारी गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को जोखिमबाट बच्नका लागि गरिएको लकडाउनपछि दैनिक ज्यालादारी र विपन्न वर्गलाई दैनिक छाक टार्न गाह्रो भइरहेका बेला सहकारीले सामाजिक...

कोरोनाभन्दा भोकमरीको पीडा भयानक हुनसक्ने

कोरोनाभन्दा भोकमरीको पीडा भयानक हुनसक्ने
काठमाडौँ । ‘मानिसले सबै कुरालाई केही समय पर्खिन सक्छ, तर भोकलाई कहिल्यै पर्खन सक्दैन ।’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले कुनै समय कुनै सन्दर्भमा व्यक्त गरेको उक्त भनाइ अहिले आम मानिसमा चरितार्थ साबित बन्ने त होइन भन्ने शङ्काले पिरोलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ को महामारीबाट जोगिन विश्वका आम मानिसलाई एकान्त बासमा बस्न आह्वान गरेका कारण कृ...

अलपत्र परेका मजदुरको निरन्तर उद्धार

अलपत्र परेका मजदुरको निरन्तर उद्धार
हेटौँडा । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको जनाएका छन् । आफू मजदुरको पक्षमा लडेको र निरन्तर लडिरहने जनाउँदै उनले अनेकन बाधाका बीच पनि मजदुरको व्यवस्थापनमा रातदिन नभनी जुट्दासमेत केही सञ्चारमाध्यमले आफूलाई सुविधाभोगीको बिल्ला भिराउन खोजेकामा चिन्ता प्रकट गरे । उनले प्रदेश सरकारले...

तातोपानी नाकाबाट स्वास्थ्य तथा खाद्यान्न सामग्रीको आयात वृद्धि

तातोपानी नाकाबाट स्वास्थ्य तथा खाद्यान्न सामग्रीको आयात वृद्धि
मेलम्ची । स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै द...

अलपत्र परेकालाई सम्पर्क गर्न आग्रह

अलपत्र परेकालाई सम्पर्क गर्न आग्रह
मेलम्ची । सिन्धुपाल्चोकका विभिन्न पाँच स्थानीय तहले काठमाडौँ वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका छन् । खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोकका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरेका हुन् । चौतारा सँगाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङले अ...