लकडाउन उल्लंघन गर्ने २३६ सवारी कारबाहीमा

लकडाउन उल्लंघन गर्ने २३६ सवारी कारबाहीमा
चितवन । सरकारले कोरोना भाइरस राकथामका लागि लागू गरेको लकडाउन उल्लंघन गर्ने २३६ सवारीलाई शुक्रबार चितवन प्रहरीले कारबाही गरेको छ । आज १८औँ दिनको लडकाउन उल्लंघन गर्ने २०८ मोटरसाइकल, २५ स्कुटर, २ अटो र एक माइक्रोलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ । कारबाहीमा परेका २०८ मोटरसाइकलमध्ये ८६ वटाको चाबी नियन्त्रणमा लिइएको जिल्ला प्...

कुहिएको चामल राहतमा

कुहिएको चामल राहतमा
तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् । चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर...

अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए

अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए
न्यूयोर्क । कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिकासहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन)को अवस्थामा छन् । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेद...

प्रत्येक वडामा फुड बैंक स्थापना गरौँ

प्रत्येक वडामा फुड बैंक स्थापना गरौँ
अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीले विश्व नै आक्रान्त भएको छ । यस महामारीले संसारकै जनजीवन ठप्प हुनुका साथै यसको प्रभावले चौतर्फी क्षेत्रमा डामाडोलको स्थिति सिर्जना भएको छ । एउटा व्यक्तिदेखि परिवार, टोल, समाज र विश्वजगतमै विविध समस्या निम्तिएको छ । त्यसमा पनि दैनिक ज्यालादारी गरेर बिहान-बेलुकीको गर्जो टार्ने सीमान्तकृत, सुकुमबासी एवम् अतिविपन्न वर्गको विजोग भएको छ । ...

कोरोनाको आशंकामा एक युवतीलाई आइसोलेसनमा भर्ना

कोरोनाको आशंकामा एक युवतीलाई आइसोलेसनमा भर्ना
तनहुँ । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक युवतीलाई आइसोलेसनमा भर्ना गरिएको छ । ती युवतीलाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा बिहीबार भर्ना गरिएको हो । कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई आइसोलेसनमा राखिएको उपचार थालिएको...

ओमानका रहेका नेपाली कोभिड–१९ बाट सुरक्षित

ओमानका रहेका नेपाली कोभिड–१९ बाट सुरक्षित
काठमाडौँ । कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट विभिन्न मुलुकका नौ नेपालीको ज्यान गइसकेको छ भने १०० भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका...

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्द...

लकडाउनमा इँटा भट्टामा काम हुन छाडेपछि मजदुरहरु भाग्न थाले

लकडाउनमा इँटा भट्टामा काम हुन छाडेपछि मजदुरहरु भाग्न थाले
-नारायण अधिकारी चितवन । इँटा भट्टामा काम हुन छाडेपछि त्यहाँ कार्यरत मजदुरहरु रातको समयमा भाग्न थालेका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता चलिरहँदा कामविहीन बस्नुपरेका मजदुरहरु भाग्न थालेका हुन् । जिल्लामा १८ इँटा भट्टा छन् । ती भट्टामा सात हजारभन्दा बढी मजदुर काम गर्दछन् । इँटा उद्योग संघ चितवनका अध्यक्ष नारायणप्रसाद सापकोटाका अ...

कोरियाले तीन महिना विदेशी नागरिकको भिसा थप्ने

कोरियाले तीन महिना विदेशी नागरिकको भिसा थप्ने
– जीवन खत्री सोउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको न्याय मन्त्रालयले बिहीबार जनाएको छ । यसबाट कोरियामा रहेर भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन् ...

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात
रौतहट । मुस्लिमहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्जिदमा एकै ठाँउमा सयौँको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् । बिहीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन...