कोरोना महामारी : संसारभर १६ लाख संक्रमित, ९५ हजार ७३१ को ज्यान गयो

कोरोना महामारी : संसारभर १६ लाख संक्रमित, ९५ हजार ७३१ को ज्यान गयो
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामको प्राणघातक भाइरस सङ्क्रमणबाट विश्वभरि १६ लाख ३ हजार ८९६ व्यक्ति सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९५ हजार ७३१ को मृत्यु भएको छ । यसैबीच, यस रोगबाट ३ लाख ५६ हजार ६५६ जना भने निको भएका छन् । शुक्रबार बिहानसम्मको यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कुल २०९ देशका संक्रमितमध...

लकडाउन उल्लंघन गर्ने एक जनासहित ९५ सवारीलाई कारबाही

लकडाउन उल्लंघन गर्ने एक जनासहित ९५ सवारीलाई कारबाही
चितवन । चितवनमा सरकारले लागू गरेको लकडाउनको १७औँ दिनमा लकडाउन उल्लंघन गर्ने एक व्यक्तिसहित ९५ सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय चितवनले कारबाही गरेको छ । उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएर होल्ड कारबाही गरेको हो । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले कलडाउन लागू गरेको हो । बिहीबार लकडाउन उल्ल...

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय
काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले एक विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनी केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै कुनै ...

प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल

प्रसूति सेवामा कुनै समस्या छैन : भरतपुर अस्पताल
चितवन । भरतपुर अस्पतालमा प्रसूति सेवा निःशुल्क रहेको छ । तर, त्यही सेवाका लागि निजी अस्पतालमा चर्को शुल्क असुल्ने गरिन्छ । अहिले भरतपुर अस्पतालमा कोभिड–१९ को जोखिमको त्रास देखाएर निजी अस्पतालले बिरामी लाने गरेका बताइएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोखरेल अस्पतालको प्रसूति विभाग छुट्टै भवनमा भएकाले पूर्णरुपमा सुरक्षित रहेको जानकार...

प्रभात सहकारीको आंशिक सेवा सञ्चालन

प्रभात सहकारीको आंशिक सेवा सञ्चालन
चितवन । प्रभात दिदी-बहिनी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गर्दै आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । सरकारले देशभर लकडाउन गरेसँगै सेवा बन्द गरेको संस्थाले सदस्यहरुको मागअनुसार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सेवा सञ्चालन गरेको अध्यक्ष विमला न्यौपाने ज्ञवालीले बताइन् । उनले कार्यालय पूर्णसमय सञ्चालन नभए पनि शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गरेर सेवा...

भ्रष्टहरु कसरी राष्ट्रवादी ?

भ्रष्टहरु कसरी राष्ट्रवादी ?
विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल लकडाउनमा छ । नेपालमा लकडाउनका कारण हामी सबैले घरघरमा बसेर यो रोग नियन्त्रणका लागि सहयोग गरिरहेका छौँ। सरकार कोरोनाबाट बच्नका लागि विभिन्न उपाय जनतालाई दिइरहेको छ जुन करिब ५० दिन ढिला भइसकेको थियो । कोभिड १९ ले विश्व आतंकित बनेको छ । वैज्ञानिकहरु यो रोगको उत्पत्ति र नियन्त्रणका लागि निचोडमा पुगेका छैनन् । नेपालको...

माडीका भूमिहीन सुकुमबासीको घर निर्माण गरिने

माडीका भूमिहीन सुकुमबासीको घर निर्माण गरिने
-अजित अधिकारी चितवन । माडीका विभिन्न क्षेत्रहरुमा रहेका भूमिहीन सुकुमबासी तथा घरविहीन गरिब तथा विपन्न परिवारका लागि माडी नगरपालिका र छिमेक समाज नेपालले घर निर्माण गर्ने भएको छ । कुसुम खोलाबाट आएर माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन सुकुमबासीहरुलाई स्थायी आवासको व्यवस्था गर्न लागिएको हो । ...

कोरोना कहरः कुखुरा व्यवसायमा दैनिक २२ करोड नोक्सान

कोरोना कहरः कुखुरा व्यवसायमा दैनिक २२ करोड नोक्सान
-नारायण अधिकारी चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी ।गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो छ । उता हुर्किएका ब्रोईलर कुखुरा पनि खान नपाएर खोरमै मर्न थालेका छन् । तर व्यवसायी भने महामारी रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का कारण उत्पन्न यो अवस्था टुलुटुलु हेरेर बस्नु बाहेकको अर्को विकल्प पाएका छ...

कोरोना लागेर निको भएका नेपाली भन्छन्- ‘आत्मबल बढाऔँ’

कोरोना लागेर निको भएका नेपाली भन्छन्- ‘आत्मबल बढाऔँ’
–सुरज भण्डारी अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् । कोभिड–१९ को त्रास बढिरहँदा आफूला...

कालिकामा विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण

कालिकामा विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण
चितवन । कालिका नगरपालिकाले विदेशबाट आएकाहरूको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ। नगरभित्र ६३ जनामध्ये आज १५ जनाको परिवारको स्वास्थ्य परीक्षण हुने नगरपालिकाले जनाएको छ। आज १० नं वडाको कालिका मन्दिरबाट परीक्षण सुरू गरिने नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र कोरोना भाइरसको जोखिम रोक्न भन्दै नगरपालिकाले विदेशबाट आएका नगरवासीको तथ्यांक संकलन गरेर ती व्यक...