भारत र चीनको सबै सीमा नाका एकसाता बन्द हुने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले भारत र चीनका सबै सीमा नाकाहरु सोमबार बिहान १० बजेदेखि एक सातासम्म पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो ।
नेपालले भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि सीमा नाका बन्द गर्ने प्रस्ताव राखेकोमा भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।...









