सडक दुर्घटनामा तीनको मृत्यु

सडक दुर्घटनामा तीनको मृत्यु
दाङ । दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको...

पोर्चुगलमा पनि तीन नेपाली कोरोना संक्रमित

पोर्चुगलमा पनि तीन नेपाली कोरोना संक्रमित
पोर्चुगल । पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे । यस्तै, संघका वरिष्ठ उ...

कोरोनाको जोखिमले सीमानाका र बजारहरु सुनसान

कोरोनाको जोखिमले सीमानाका र बजारहरु सुनसान
कञ्चनपुर । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेसँगै यहाँ चहलपहल नभएको हो । नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
हेटौँडा । हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए । मृतकको शव हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उहाँले बता...

कोरोना भाइरसको सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

कोरोना भाइरसको सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह
काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेको बताएको छ । सरकारले सेल्फ÷होम क्वारेन्टाइन प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै कोरोना रोकथाममा सहयोग गर्नसमेत सार्वजनिक अपिल गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पो...

सौराहाका ११५ पर्यटकीय होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

सौराहाका ११५ पर्यटकीय होटल बन्द, निकुञ्ज प्रवेशमा रोक
चितवन । कोभिड–१९ (कोरोना भाइरस)को सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलले सूचना टाँसेर सेवा बन्द गरेका हुन् । घरायसीरुपमा चलाएकाबाहेक अन्य होटलका कर्मचारीलाई बिदा दिए...

अस्पताल जान नहतारिन चितवनका चिकित्सकको आग्रह

अस्पताल जान नहतारिन चितवनका चिकित्सकको आग्रह
चितवन । के तपाईंले स्वास्थ्यमा कुनै समस्या आएको महसुस गर्दै हुनुहुन्छ ? अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर पनि घरबाटै उचित परामर्श र सल्लाह लिन सक्नुहुन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न सुरुवात गरेका छन् । नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन ट...

कोभिड १९ : महाभियान सञ्चालन हुँदै

कोभिड १९ : महाभियान सञ्चालन हुँदै
काठमाडौँ । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिमलाई नियन्त्रण गर्न ‘उपत्यका नगरपालिका फोरम’ले ‘कोरोनाविरुद्धको महाभियान’ सञ्चालन गर्ने भएको छ । दुई महानगरपालिका र १६ नगरपालिकाको संयुक्त संस्थाका रुपमा रहेको सो फोरमको आइतबार यहाँ सम्पन्न आकस्मिक बैठकले सो महाअभियान सञ्चालन सहित १० बुँदे साझा अवधारणा आज सार्वजनिक गरेको छ । फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख म...

कोभिड-१९ बाट विश्वभर १४ हजार ७०४ को मृत्यु, १९२ देशमा संक्रमण फैलियो

कोभिड-१९ बाट विश्वभर १४ हजार ७०४ को मृत्यु, १९२ देशमा संक्रमण फैलियो
काठमाडौँ । कोरोना भाइरसको महामारी विश्वभर १९२ देशमा फैलिएको छ भने सोमबार दिउँसोसम्म १४ हजार ७०४ जनाको मृत्यु भएको छ । यस महामारीबाट ३ लाख ३९ हजार ५३० जना संक्रमित भएकोमा ९९ हजार १४ जना बिरामी उपचारपश्चात् अस्पतालबाट घरघरमा फर्किएका छन् । विश्वभर २ लाख २५ हजार ८१२ जना बिरामीको उपचार जारी छ । जसमा १० हजार ५५३ को अवस्था गम्भीर रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । चीनमा हाल...

कोरोना प्रकोप : १९२ देशका १४ हजार ६१६ को मृत्यु, अमेरिकामा संक्रमण तीव्र

कोरोना प्रकोप : १९२ देशका १४ हजार ६१६ को मृत्यु, अमेरिकामा संक्रमण तीव्र
काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सोमबार बिहानसम्म १९२ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ । विश्वभर यस महामारीबाट १४ हजार ६१६ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ लाख ३६ हजार ८३८ व्यक्ति प्रभावित भएकोमा ९७ हजार ६३६ जना निको भई घर फकिएका अन्तर्राष्ट...