कोभिड–१९ : स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन
तनहुँ । विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउने उद्देश्यका साथ तनहुँ जिल्लाका दुई स्थानीय तहमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरोकारवाला सम्मिलित प्रतिकार्य टोली गठन गरिएको हो । आँबुखैरेनी गाउँपालिकाका योजना अधिकृत बुद्धिप्रसाद भुषालको संयोजकत्वमा गठित गाउँपालिकास्तरीय टोलीमा वडाध्यक्ष कटकबहादुर थापा र पूर्णबहादुर आल...









