नेपालमा ‘कोभिड–१९’ परीक्षण गराएका ४६७ जनाको नतिजा ‘नेगेटिभ’

नेपालमा ‘कोभिड–१९’ परीक्षण गराएका ४६७ जनाको नतिजा ‘नेगेटिभ’
ललितपुर । नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले सोमबार आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको का...

कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद

कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद
काठमाडौँ । कोभिड­–१९ को सङ्क्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यसविरुद्ध सक्रिय भएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुबाट १० लाख आठ हजार थान मास्क र बा ७ च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । पक...

कोरोनाको महामारी रोक्न नयाँ दिल्लीमा ठूला भेला र रात्रिक्लब बन्द

कोरोनाको महामारी रोक्न नयाँ दिल्लीमा ठूला भेला र रात्रिक्लब बन्द
भारत- भारतको नयाँ दिल्ली प्रदेशमा सरकारले ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार धेरै मानिस भेला हुने ठाउँमा बन्द गर्न/गराउन निर्देशन दिएका हुन् । उनको निर्देशन अनुसार ठूला भेला, रात्रिकालीन क्लब, जीम र स्पा कम्तीमा यही मार्च ३१ सम्म बन्द हुने भएका छन् । विश्वमा माहामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क...

जापानमा १९ जनाको सामूहिक हत्या गर्ने युवालाई मृत्युदण्डको फैसला

जापानमा १९ जनाको सामूहिक हत्या गर्ने युवालाई मृत्युदण्डको फैसला
योकोहामा- जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ । ३० वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकिलहरुले “मानसिक रोग”का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाब...

अमेरिकामाथिको आक्रमण सह्य छैन : विदेशमन्त्री पोम्पेओ

अमेरिकामाथिको आक्रमण सह्य छैन : विदेशमन्त्री पोम्पेओ
वासिङ्टन- इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलाबद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गरेका छन् । उनले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिएका छन् । इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग टेलिफोन वार्ता गर्दै पोम...

रत्ननगर १५ मा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

रत्ननगर १५ मा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण
चितवन- रत्ननगर नगरपालिका वडा नं १५ ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बजारमा रहेका बैंकसम्म पुगेर भत्ता लिन झन्झटिलो भएपछि वृद्धवृद्धाहरुको सहजताको लागि वडाबाटै भत्ता वितरण सुरु गरिएको हो । मंगलवार वडाध्यक्ष हुमनाथ लामिछानेले सो कार्यको उद्घाटन गरेका छन् । गरिमा विकास बैंक टाँडी शाखाले वडा कार्यालयमै पुगेर वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई भत्ता...

कोभिड–१९ अपडेट : १५८ देश प्रभावित, ६,६६३ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १५८ देश प्रभावित, ६,६६३ व्यक्तिको मृत्यु
पेरिस- कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बेलुकीसम्म छ हजार ६६३ व्यक्तिको मृत्यु भएको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । सोमबार बेलुकीसम्ममा कोरोना भाइरसको सङ्क्रमण १५८ भन्दा बढी मुलुकमा पुष्टि ...

कोभिड–१९ अपडेट : १५७ देश प्रभावित, ६,५६४ व्यक्तिको मृत्यु

कोभिड–१९ अपडेट : १५७ देश प्रभावित, ६,५६४ व्यक्तिको मृत्यु
काठमाडौँ- कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बिहानसम्म छ हजार ५६४ व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ । चीनमा ८० हजार ८६६ व्यक्ति प्रभावित भएका छन् । हालसम्म ७७ हजार ७७८ ज...

चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने

चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने
बेइजिङ- चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनि...

युरोपका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएपछि अमेरिकी विमानस्थलमा भीडभाड

युरोपका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएपछि अमेरिकी विमानस्थलमा भीडभाड
अमेरिका- संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भीडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरे पनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाइ गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक...