कोरोना संक्रमणबाट इटालीमा २४ घन्टाभित्रै ३६८ जनाको मृत्यु

कोरोना संक्रमणबाट इटालीमा २४ घन्टाभित्रै ३६८ जनाको मृत्यु
रोम- इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या योसमेत एक हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मु...

कोरोनाको भयले सामान्य रुघाखोकी लाग्नेहरुको अस्पतालमा भीड

कोरोनाको भयले सामान्य रुघाखोकी लाग्नेहरुको अस्पतालमा भीड
गलकोट- विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ । देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका व...

विदेश मोह छाडेर दुलाहादुलही सिँगार्दै एक जोडी

विदेश मोह छाडेर दुलाहादुलही सिँगार्दै एक जोडी
चितवन- विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय सुरु गरेको छ । क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रसर रहेका आफ्ना पति अनिल श्रेष्ठलाई विदेश जान स्वदेश बोलाइन् । पति स्वदेश फर्किएपछि उनमा यहाँ नै केही गर्ने सोच पलायो । यही सोचका साथ श्रेष्ठ दम्पतीले यहाँ डि लाभान्डिज नामक ब्यूटीसैलुन र स्पा सञ्चालनमा ल्याएका छन् । इन्द्राले आफ्...

अज्ञात समूहद्वारा डोजरमा आगजनी

अज्ञात समूहद्वारा डोजरमा आगजनी
म्याग्दी- अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी ...

विज्ञहरुको विवरण संकलन गर्दै नास्ट

विज्ञहरुको विवरण संकलन गर्दै नास्ट
चितवन- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका विज्ञहरुको विवरण संकलन कार्यको थालनी गरेको छ । नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरुमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनियरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरुबाट विद्यावारिधि प्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं विद्यावारिधि...

मिर्गौलापीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

मिर्गौलापीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह
पोखरा- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपिल गरेकी हुन् । चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनी गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखर...

चितवन राष्ट्रिय निकुञ्जमा चैत १० गतेदेखि गैँडा गणना हुँदै

चितवन राष्ट्रिय निकुञ्जमा चैत १० गतेदेखि गैँडा गणना हुँदै
चितवन- यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी सुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । तालिममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १००...

मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई तीन लाख राहत दिइने

मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई तीन लाख राहत दिइने
धनुषा । धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार बिहान पुगेर पीडित परिवारलाई समवेदना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा उनले विषाक्त मदिरा वि...

जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष

जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ । अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । “अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइ...

अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट

अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
चितवन- त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ । सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्ने छ । संस्थानका डीन प्राडा जगदीशप्रसाद अग्रवाल र हाइवे अस्पत...