सामूहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

सामूहिक बलात्कार घटनाका आरोपित सार्वजनिक
महोत्तरी- जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको ...

बोलेरोको ठक्करबाट एकको मृत्यु

बोलेरोको ठक्करबाट एकको मृत्यु
नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ । चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम...

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट
काठमाडौँ- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज ...

कोरोना सन्त्रासका कारण अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

कोरोना सन्त्रासका कारण अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे
काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशतमात्र कटौती भएको हो । प...

छ महिना पुग्ने अत्यावश्यक वस्तु मौज्दात रहेको सरकारको दाबी

छ महिना पुग्ने अत्यावश्यक वस्तु मौज्दात रहेको सरकारको दाबी
काठमाडौँ- सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपालमा सङ्क्रमण नरहेको कोरोना भाइरस (कोभिड–१९) को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशंका उब्जाउन जरुरी नभएको सरकारले प्रष्ट पारेको छ । सरकारले छ महिनासम्म पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको भन्दै सर...

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा
पोखरा- निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति...

कांग्रेस रत्ननगरका पूर्वसभापति मल्लको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस रत्ननगरका पूर्वसभापति मल्लको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त
चितवन- नेपाली काँग्रेस रत्ननगरका पूर्व नगरसभापति समरबहादुर मल्लको निधन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका चितवन रत्ननगरकार्यसमितिका पूर्वसभापति सम्मरबहादुर मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । पूर्वनगरसभापति मल्लको सोमबार राति...

भक्तपुरमा अनुगमन नहुँदा कालोबजारी फस्टायो, नुन, चिनी र ग्यासको कृत्रिम अभाव

भक्तपुरमा अनुगमन नहुँदा कालोबजारी फस्टायो, नुन, चिनी र ग्यासको कृत्रिम अभाव
–रमेश गिरी भक्तपुर- भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ । चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासमा खाद्यान्नको आयात रो...

जीपबाट खसेर एकको मृत्यु

जीपबाट खसेर एकको मृत्यु
कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जीपमा सवार बटाला जीपको अगाडिको बायाँ साइडको ढोकाबाट...

कोरोनाको महामारीले जापानमा आपतकाल घोषणा गर्न कानुन संशोधन

कोरोनाको महामारीले जापानमा आपतकाल घोषणा गर्न कानुन संशोधन
टोकियो- जापानको मन्त्रिपरिषदले कोरोनाभाइरस (कोविड–१९) को सङ्क्रमण रोक्न प्रधानमन्त्री शिन्जो आबेलाई विशेष अख्तियारी दिने विधेयकलाई मङ्गलबार स्वीकृति दिएको छ । नयाँ विधेयकअनुसार प्रधानमन्त्री आबेले आवश्यकता परेको खण्डमा आपतकाल घोषणा गर्न सक्नेछन् । दुई वर्षसम्मको समयावधि तोकिएको उक्त विधेयकले हाल कार्यान्वयनमा रहेको नयाँ इन्फ्लुएन्जा रोकथाम कानुनलाई संशोधन गरेको छ । गत फेब्र...