लागूऔषधसहित मुख्य कारोबारी पक्राउ

लागूऔषधसहित मुख्य कारोबारी पक्राउ
चितवन- बारा जिल्लाको कोल्बी नगरपालिका वडा नं ८ घर भई चितवनको राप्ती-७, भण्डारामा डेरागरी बस्ने ३१ वर्षीय गुरुप्रसाद चौधरी लागूऔषधसहित पक्राउ परेका छन् । खैरहनी-२, चैनपुरचोकको प्रतीक्षालयमा लागूऔषधको कारोबार हुन लागेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ८ः४५ बजेको समयमा निजले प्रतीक्षालय नजिक पार्किङ गरेको ग ८ प ८०८५ नम्बरक...

ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज

ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज
काठमाडौँ- प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार डिस्चार्ज भएकी हुन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाका अनुसार सर्जनले सहमति दिए प्रधानमन्त्रीको समेत डिस्चार्ज हुनेछ। ‘प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलालाई डिस...

आफ्नै बाबुसँग अपहरणको नाटक गरी फिरौती लिने फन्दामा

आफ्नै बाबुसँग अपहरणको नाटक गरी फिरौती लिने फन्दामा
काठमाडौँ- अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बूढीगंगा गाउँपालिका ३ बाँसबारी बस्ने २४ वर्षीय मुकेशकुमार महतोलाई सुनसरीको भन्टाबारीबाट प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए । उनले अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानका...

चितवनमा चैत २ गतेदेखि दादुरा–रुबेलाविरुद्ध खोप लगाइने

चितवनमा चैत २ गतेदेखि दादुरा–रुबेलाविरुद्ध खोप लगाइने
चितवन- दोस्रो चरणअन्तर्गत चितवनमा आगामी चैतको २ गतेदेखि १८ गतेसम्म दुई चरणमा दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ । अभियानअन्तर्गत चितवनका नौ महिनादेखि ५९ महिनासम्मका ५८ हजार ९८३ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय चितवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला खोप समन्वय समितिका खोप अधिकृत अमृत महर्जनले जिल्लामा ५६८ खोप केन्द्रमार्फत बालब...

चितवनमा पण्डित बनेर चोरी गर्ने छ युवा पक्राउ

चितवनमा पण्डित बनेर चोरी गर्ने छ युवा पक्राउ
चितवन- दिउँसोको समयमा पण्डित बनेर पूजा गर्दै हिँड्ने र रातिमा चोरी गर्ने गिरोहको नाइकेसहित ६ जनालाई चितवन प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिका वडा नं २ बेलटाँडीस्थित मञ्जु खाँणको घरबाट चोरी गरिएको सुनका गहनासहित भारत मोतीहारीका १८ वर्षीय नेहाल तिवारी भारतकै पूर्वी चम्पारणका १९ वर्षीय राजनकुमार उपाध्याय, भारत अरेराजका २० वर्षीय बिक्की भनिने सोनुकुमार पा...

बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा गुरुङ पक्राउ

बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा गुरुङ पक्राउ
काठमाडौँ- पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले निर्माण गर्दै गरेको नयाँ घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो । भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा...

कोरोना भाइरसको शंकास्पद बिरामीका लागि बैतडीमा आइसोलेसन कक्ष स्थापना

कोरोना भाइरसको शंकास्पद बिरामीका लागि बैतडीमा आइसोलेसन कक्ष स्थापना
बैतडी- बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए । अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिराम...

प्रचण्डद्वारा बाँस्कोटाको निवासमा बम प्रहारको निन्दा

प्रचण्डद्वारा बाँस्कोटाको निवासमा बम प्रहारको निन्दा
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित निजी निवासमा आज बिहान गरिएको प्रेसर कुकर बम प्रहारको घटनाको निन्दा गरेका छन् । अध्यक्ष प्रचण्डले आज विज्ञप्ति जारी गरी मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली भक्तपुरस्थित निजी निवासमा आतङ्ककारी स...

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम

चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम
चितवन- चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयको समन्वय, जिल्ला प्रहरी कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाको संयुक्त आयो...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु
तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कु...