कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु
तेहरान- इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घन्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका छन् ।
पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको संख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए ।
उनले कोरोना सङ्क्रमित...









