होलीमा मापसेगरी झैझगडा गर्दा तीन जना घाइते, दुई पक्राउ

होलीमा मापसेगरी झैझगडा गर्दा तीन जना घाइते, दुई पक्राउ
चितवन- भरतपुर महानगर १ स्थित नारायणी नदीकिनारमा सोमबार बेलुकी ४ः३० बजे होली मनाउने क्रममा मापसे गरी झैझगडा हुँदा भरतपुर ११ लामा टोल बस्ने १८ वर्षीय राज तामाङ गम्भीर घाइते भएका छन् । यस्तै, १७ वर्षीय सनम थापा र रत्ननगर टाँडीका १९ वर्षीय सचिन रानामगर मध्यम घाइते भएका छन् । तामाङ र थापाको नयाँ मेडिकल कलेज र रानामगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । क...

तरुण दलद्वारा कालोबजारी र वस्तुको कृत्रिम अभाव रोक्न माग

तरुण दलद्वारा कालोबजारी र वस्तुको कृत्रिम अभाव रोक्न माग
काठमाडौँ- नेपाल तरुण दलले कारोना भाइरसको सम्भावित सङ्क्रमणलाई लिएर बजारमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, ग्यास, माक्स, औषधिलगायत अत्यावश्यक साम्रगीको अभाव र कालोबजारी देखिन थालेको जनाउँदै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष जितजङ्ग बस्नेतले एक विज्ञप्तिमार्फत कालोबजारी र कृत्रिम अभावको निगरानी गर्न तरुण दल केन्द्रीय समिति र सम्पूर्ण सदस्यलाई निर्देशनसमे...

मूल्य वृद्धि र कालोबजारीविरुद्ध नागरिक सडकमा उत्रिए

मूल्य वृद्धि र कालोबजारीविरुद्ध नागरिक सडकमा उत्रिए
काठमाडौँ- कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो । र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए । कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी ...

लेकसाइडमा छैनन् पर्यटक : रङविहीन बन्यो होली

लेकसाइडमा छैनन् पर्यटक : रङविहीन बन्यो होली
–जमुना शर्मा पोखरा- पोखरा हरेक उत्सवमा रमाउने शहर । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागुपूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको दृश्य निकै हेर्न लायक हुन्थ्यो । पर्यटन व्यवसायीले आयोजना गर्ने होली कार्यक्रमले विशेष उत्सव थप्ने गर्दथ्यो । पोखरेली विभिन्न ठाउँबाट लेकसाइडको होलीमा मिसिन्थे र झनै रमाइलो वातावरण सिर्जना गर्थे...

उपभोग्य वस्तुको बढी मूल्य लिए कारबाही गर्ने सरकारको चेतावनी

उपभोग्य वस्तुको बढी मूल्य लिए कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौँ- सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानुनअनुसार हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित राख्न युद्धस्तरमा काम गरिरहेको भन्दै सरकारले त्रासको समयमा कमाउने मौका यही हो भन्दै कालोबजारी गरिए, परल मूल्यभन्दा बढी लिए, सामान भएर पनि छैन भन्दै लुकाए कालोबजारी कानून ...

मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’को उपाधिबाट सम्मान

मुख्यमन्त्री राउतलाई ‘महामूर्ख’को उपाधिबाट सम्मान
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई यस वर्षको महामूर्खको सम्मानबाट विभूषित गरिएको छ । होलीका अवसरमा मिथिला नाट्य कला परिषद्ले विगत २५ वर्षदेखि सो उपाधि प्रदान गर्दै आएको छ । यस्तै, प्रदेशसभा सदस्य मनिष सुमनलाई पटमूर्ख, परमेश्वर साहलाई भभकौआ, रामआशीष यादवलाई हराशङ्ख, रामचन्द्र मण्डललाई सिलौट शङ्कर, जनकपुरधाम उपमहानगर उपप्रमुख रिताकुमारी मिश्रलाई टुनमुसरी...

दोहास्थित नेपाली दूतावासद्वारा सतर्कता अपनाउन अपिल

दोहास्थित नेपाली दूतावासद्वारा सतर्कता अपनाउन अपिल
काठमाडौँ- नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दूतावासले आज एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो । कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत...

सांसद् पोखरेलको बजेटबाट बाटो निर्माण

सांसद् पोखरेलको बजेटबाट बाटो निर्माण
चितवन- भरतपुर–७ कृष्णपुरस्थित सनराइज टोल विकास संस्थाअन्तर्गत सगरमाथा मार्गको बाटो निर्माण कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभाका सांसद् कृष्णभक्त पोखरेलको निर्वाचन क्षेत्र बजेटबाट प्राप्त रकमले सो मार्गको करिब १३५ मिटर बाटो निर्माण कार्य सम्पन्न भएको हो । सांसद् पोखरेलले सो बाटो निर्माणका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । भरतपुर महानगरले सो बाटोको लागि १५ ल...

वे ग्रुपद्वारा सवारी चालकलाई निःशुल्क माक्स वितरण

वे ग्रुपद्वारा सवारी चालकलाई निःशुल्क माक्स वितरण
चितवन- समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वे ग्रुपको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय चितवन तथा वडा प्रहरी कार्यालयको सहकार्यमा सवारी चालकहरुलाई माक्स वितरण गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रमअन्तर्गत भरतपुर–१०, चौबीसकोठीमा सार्वजनिक सवारीसाधनका चालकहरुलाई २०० थान माक्स वितरण गरिएको हो ।

पत्रकार पराजुलीको कथासंग्रह ‘कुमाता’ विमोचन

पत्रकार पराजुलीको कथासंग्रह ‘कुमाता’ विमोचन
चितवन- पत्रकार वसन्त पराजुरीद्वारा लिखित कुमाता कथासंग्रह सोमबार एक कार्यक्रमबीच विमोचन गरिएको छ । नेपाल लघुकथा समाजका अध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त विमोचन गरेका हुन् । अक्षर समूहको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले सिर्जनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्न...