जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो

जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो
भद्रपुर- झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ । एक वर्षअघिदेखि पटकपटक उनीहरुलाई हट्नका लागि अनुरोध गर्दासमेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख सुधीरजङ्ग थापाले जानकारी दिए । शिक्षालयको ८० बिघा जग्गा विगत १६ वर्षदेखि सुकुम्वासीको नाममा ४२ परिवारले अत...

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार
काठमाडौँ- चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजि...

भ्रममा परेर उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह

भ्रममा परेर उपभोग्य वस्तुको भण्डारणमा हतार नगर्न सरकारको आग्रह
काठमाडौँ- सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आम सञ्चारमाध्यामलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्न र जनमानसमा त्...

पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
कास्की- नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा ...

टिपरको ठक्करबाट बालकको मृत्यु

टिपरको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुर- टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ । बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

आर्थिक क्रान्ति मुलुकको आवश्यकता : डा भट्टराई

आर्थिक क्रान्ति मुलुकको आवश्यकता : डा भट्टराई
काठमाडौँ- समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताएका हुन् । “पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशी...

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३५२६ को मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, ३५२६ को मृत्यु
वासिङ्टन- विश्वका विभिन्न देशमा समेतगरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांक एवम् विभिन्न समाचार संस्थाअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ३ हजार ९७५ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइए...

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ
रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् । पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व भएका जनाइएको छ । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ...

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु

पाकिस्तानमा भारी वर्षा, कम्तीमा १७ जनाको मृत्यु
इस्लामावाद- पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् । देशको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मुसलधारे वर्षाको सबैभन्दा नराम्रो प्रभाव परेको बताइएको ...

कामना बचतको खोलेसिमल र पिठुवामा सेवा केन्द्र स्थापना

कामना बचतको खोलेसिमल र पिठुवामा सेवा केन्द्र स्थापना
चितवन- रत्ननगर २ सिनेमारोडमा मुख्य कार्यालय रहेको कामना बचत तथा ऋण सहकारी संस्थाले शनिबार पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने खोलेसिमल बजार र रत्ननगर नगरपालिका वडा नं १६ पिठुवाको दोबाटो बजारमा सेवा केन्द्र स्थापना गरी कारोबार सुरू गरेको छ । खोलेसिमलमा वडा नं ६ का वडा सदस्य दशरथ सापकोटा र पिठुवामा वडा नं १६ का वडाध्यक्ष हेमराज थापाले सेवा केन्द्रको उद्घाट...