कुमरोज सामुदायिक वनको १५ औ परिषद सम्पन्न
चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १५ औं परिषद भेला दराई वोटे तालको परिषरमा सम्पन्न भएको छ ।
वनका जेष्ठ परिषद सदस्य राम प्रसाद वर्तौलाको अध्यक्षता एवं खैरहनी नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष बालकुमार उप्रेतीको प्रमुख आतित्थ्यतामा भेला सम्पन्न भएको हो ।
प्रमुख अतिथि उप्रेतीले जिल्लाको उत्कृष्ट वनको रुपमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता स...









