प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकालाई

प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकालाई
रत्ननगर ०२ पुस । चितवनको रत्ननगरमा आयोजना गरिएको पालिका स्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा माडी नगरपालिकालाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो । रत्ननगरले उपाधिसंगै एक लाख १ हजार ११ नगद पुरस्कार प्राप्त गरको छ भने उपविजेता बनेको माडी नगरपालिकाले ५५ हजार ५५५ रुपैया पुरस्कार पाएको...

जयमंगला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई चयन

जयमंगला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई चयन
चितवन । जयमंगला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा मोहन प्रसाद भट्टराई चयन भएका छन् । रत्ननगर–१३ मा रहेको जयमंगला बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा अधिवेशनबाट ११ जना सदस्य तथा ६ जना पदेन गरि १७ सदस्यिय कार्यसमिति गठन गरिएको हो । चयन भएका सदस्यहरुमा क्रमशः रघुनाथ भट्ट, रामलाल श्रेष्ठ, ...

राप्तिका मेयर लामाले गरे असक्त शंखु दराईको घर बनाइदिने घोषणा

राप्तिका मेयर लामाले गरे असक्त शंखु दराईको घर बनाइदिने घोषणा
चितवन । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले अत्यन्त बिपन्न एवम् दयनीय अवस्थामा एक्लो जीवन ब्यतित गरिरहेका राप्ती नगरपालिका-६, रामपुर झर्ना, चितवन निवासी ६४ वर्षीय शंखु दराईको लागि घर बनाइदिने घोषणा गरेका छन् । शारीरिकरुपमा समेत अशक्त रहेका शंखु दराईलाई आज नै मेयर लामाले सिरक, डसना, तन्ना, तकिया, चामल, दाल, नुनतेल, मरमसला हस्तान्तरण गरेका छन् र आजबाट नै उनको घर बनाउन शुरु गर...

रत्ननगरको उप–मेयरमा स्वतन्त्रबाट बिरञ्जना घिमिरेको उम्मेदवारी

रत्ननगरको उप–मेयरमा स्वतन्त्रबाट बिरञ्जना घिमिरेको उम्मेदवारी
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाको उप–मेयर पदमा स्वतन्त्रबाट बिरञ्जना घिमिरले आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन् । नेकपा एमाले निकट अनेम संघ रत्ननगरको अध्यक्ष समेत रहेकी घिमिरेले पार्टीले उचित स्थान नदिएको भन्दै उप–मेयर पदमा आफ्नो उमेदवारी दर्ता गरेकी हुन् । रत्ननगर–१३ बाट वडा अध्यक्षमा चर्चामा रहेकी घिमिरेलाई अन्तिम अवस्थामा पार...

भारतिय ट्रकको ठक्करबाट रत्ननगरको भानुचोकमा एक बालकको मृत्यु, एक घाइते

भारतिय ट्रकको ठक्करबाट रत्ननगरको भानुचोकमा एक बालकको मृत्यु, एक घाइते
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । भारतिय ट्रकको ठक्करबाट रत्ननगरको भानुचोकमा एक छ बर्षिया बालकको मृत्यु भएको छ । आज (बुधबार) दिउसो करिब ०३ः१० बजेको समयमा रत्ननगर न.पा. ९ भानुचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको भारतिय नम्बर प्लेटको ट्रकले विपरीत दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा साइकलमा सबार ६ वर्षिया बालकको मृत्यु भएको छ भने साइकल चालक घ...

मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन पाँच राजनैतिक दलको माग

मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन पाँच राजनैतिक दलको माग
ध्रुवराज लामिछाने रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन रत्ननगर नगरपालिकासँग स्थानिय पाँच राजनैतिक दलले माग गरेका छन् । यसअघि रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विधालयलाई पत्र पठाएको थियो । उता स्थानिय स्तरमा विधालय संग कुनै पराम...

पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा

पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । पुर्वी चितवनका लायन्स क्लबहरु प्रहरीको सहकार्यमा “तपाईको माक्स खोई ?” भन्दै सडकमा निस्किएका छन् । कोरोना भाइरस लाग्न नदिने सबै भन्दा सुरक्षित माध्यम भनेको नै माक्स भएपछि सोहि कुराको सचेतना फैलाउन “तपाईको माक्स खोई ?” भन्ने अभियानमा पूर्वी चितवनका लायन्सक्लबहरु ठाउँ ठाउँमा पुगेका छन् जसलाई ईलाका प्रहरी कार्यालय टाँडीले पनि साथ दिएको छ । ...

ब्यवसायीको माग बमोजिम रत्ननगरमा कोरोना खोप लगाउन सुरु, नगरपालिकामा कर तिरेकाले मात्र पाउने

ब्यवसायीको माग बमोजिम रत्ननगरमा कोरोना खोप लगाउन सुरु, नगरपालिकामा कर तिरेकाले मात्र पाउने
ध्रुवराज लामिछाने चितवन । रत्ननगर नगरपालिकाले ब्यवसायीको माग बमोजिम कोरोना खोप लगाउन सुरु गरेको छ । आफुसँगै जोडिएको खैरहनी नगरपालिकाले केहि दिन अगाडिनै निर्णय गरेर ब्यवसायीलाई कोरोना खोप लगाउन सुरु गरेपछि दबावमा रहेको रत्ननगर नगरपालिकाले अन्नतः आईतबार रत्ननगर उद्योग वाणिज्य संघ तथा उद्योग संघमा आवद्ध रहेका ब्यवसायीलाई पनि खोप दिने निर्णय गरेको हो । त्यसको लागि नगरपालिकामा दर्त...

लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले खुवायो गुरुकुलमका बटुकहरुलाई खिर

लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले खुवायो गुरुकुलमका बटुकहरुलाई खिर
बिष्णु प्रसाद काप्री (मुस्कान) चितवन । लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीले श्री गायत्री बेद बेदागं संस्कृत विधालय गुरुकुलमका बटुकहरुलाई खिर खुवाएको छ । शुक्रबार अर्थात खिर खाने विशेष दिन श्रावण १५ को दिन पारेर आफ्नो संस्कृति रितिरिवाज, चाडपर्वलाई जगेर्ना गर्ने उद्धेश्यका साथ बटुकहरुलाई खिर खुवाइएको लायन्स कल्ब अफ रत्ननगर सम्बृद्धीकी अध्यक्ष दिक्षा अधिकारीले जानकारी दिइन् । ...