रत्ननगर अस्पतालका बिरामीलाई फलफूल वितरण
रत्ननगर । रत्ननगर नगरपालिकाको २७औँ स्थापना दिवसको अवसरमा बकुलहर रत्ननगर प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बुधबार बिहान अस्पतालको जनरल वार्ड, पोस्ट सर्जिकल वार्ड, बच्चा वार्ड र पोस्ट अप वार्डमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै बिरामीको स्वास्थ्य अवस्था र सेवाबारे जानकारी लिएका थिए । ...








