संयुक्त आइसोलेसनका आठ जना कोरोनामुक्त
चितवन । रत्ननगर नगरपालिका वडा नं ५ टरौली संयुक्त आइसोलेसनमा रहेका आठ जना कोरोना मुक्त भएका छन् । दोस्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।
आइसोलेसनमा रहेका रत्ननगर नगरपालिकाका ४ जना, खैरहनीका २ र राप्तीका दुई जना कोरोना मुक्त भएको रत्ननगरको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोना मुक्त भएका उनीहरुलाई १४ दिन आइसोलेसनमा उप...








