चितवनमा एक संक्रमित महिलाको मृत्यु

चितवनमा एक संक्रमित महिलाको मृत्यु
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगर–११ निवासी ४० वर्षीया महिलाको बुधबार राति १२ः२३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भई भदौ ५ गते चितवन मेडिकल कलेजमा ल्याइएकोमा भदौ १० गते उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । चित...

चितवनमा बिहीबार थप १८ जनामा कोरोना पुष्टि

चितवनमा बिहीबार थप १८ जनामा कोरोना पुष्टि
चितवन । चितवनमा बिहीबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा भरतपुर महानगरका १५ र पूर्वी नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा भरतपुर–१ का २३ वर्षीय पुरुष, भरतपुर–४ का ३९ वर्षीया महिला, भरतपुर–१० का २ पुरुष र ५ जना महिला गरी ७ जना, वडा नं ११ का ३ महिला, वडा नं १४ का ५५ वर्षीय पुरुष, वडा नंं १६ का ४५ वर्षीय पुरुष र वडा...

चितवनमा थप ३८ सहित ३९ जनामा कोरोना पुष्टि

चितवनमा थप ३८ सहित ३९ जनामा कोरोना पुष्टि
चितवन । चितवनका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ३८ सहित ३९ जनामा कोरोना पुष्टि भएको हो । भरतपुर महानगरपालिकाका ८ महिलासहित १९ जना, रत्ननगर नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका ५ जना र माडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यसअघि चितवन मेडिकल कलेजमा परीक्षण भएका नमुनामध्ये बुधबार चितवनम...

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन
चितवन । जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले दिँदै आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याईएको बेड लगायतका विषयमा अनुगमन गरेको हो । चितवनका सहायक प्रमुख जिल्...

चितवनमा ७९८ संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी !

चितवनमा ७९८ संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी !
चितवन । चितवनमा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प...

चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने

चेपाङले छोनाम न्वागी पर्वमा सामूहिक कार्यक्रम नगर्ने
चितवन । विगतका वर्षमा सामूहिकरूपमा मनाइँदै आएको चेपाङको सबैभन्दा ठूलो पर्व छोनाम न्वागी यस वर्ष भने घरघरमै सीमित हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण चेपाङ समुदायले विगतमा जस्तो सामूहिकरूपमा कुनै पनि कार्यक्रम आयोजना नगरी घरमै मनाउने भएका हुन् । नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिङ चेपाङले कोरोना भाइरसबाट बच्नका लागि यस वर्ष केन्द्रदेखि जिल्ला, गाउँपालिका र वडा...

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार
चितवन । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले क...

सिटीहलको निर्माण असोजदेखि

सिटीहलको निर्माण असोजदेखि
चितवन । भरतपुर महानगरपालिकाको महत्त्वपूर्ण परियोजना सिटीहलको निर्माण आउँदो महिनादेखि थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटीहलको निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटीहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । सिटीहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ । बो...

माडीको कान्तिपुरमा खानेपानी र नेटवर्कको समस्या

माडीको कान्तिपुरमा खानेपानी र नेटवर्कको समस्या
अजित अधिकारी । चितवनकाे माडी नगरपालिका ८ स्थित कान्तिपुरमा बिगत लामो समय देखि खानेपानी र नेटवर्क समस्याका कारण कान्तिपुरका स्थानीय बासीहरु चिन्तित भएका छन । बिगतमा बनाइएका खानेपानीका धाराहरुमा पानीको आपूर्ति र मर्मत संभारको अभावमा कान्तिपुरमा रहेका सरकारी खानेपानीका धाराहरु समेत जिर्ण हुँदै गएका छन् । तर पनि यस विषयमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयबासीहरु बताउँछन् । सो ठ...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मंगलबार बिहान करिब ३ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि सघन कक्ष (आइसियू) मा राखेर उपचार गरिएको थियो ।