उपचार नपाएपछि बन्यो प्रशासनको गुनासो सुन्ने संयन्त्र
चितवन । जिल्लामा कोरोनाको सङ्क्रमण बढेसँगै अस्पतालमा आएका बिरामीले उपचार नपाएर मृत्यु हुन थालेपछि स्थानीय प्रशासनले चासो देखाएको छ । प्रशासनले चासो देखाउँदै बिरामीले उपचार नपाउने अवस्था रोक्नका लागि गुनासो सुन्ने संयन्त्र निर्माण गरी काम सुरु गरेको हो ।
जिल्लाको सदरमुकाममा रहेका ठूला अस्पतालले बिरामी भर्ना नलिँदा समयमै उपचार नपाई चार जनाको मृत्यु भइसकेको छ । गएको सोमबार अस्...









