चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै

चितवनमा सशस्त्रका तीन बिओपी थपिँदै
चितवन । चितवन जिल्लामा भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि तीन बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि तीनवटा थप गर्न लागिएको हो । माडी नगरपालिका–९ को कान्छी बगई, वडा नं ६ को स्याउलीबास र वडा नं १ को भगेटीमा पोष्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले...

चितवनका अस्पताल चहार्दाचहार्दै तीन सङ्क्रमितको मृत्यु

चितवनका अस्पताल चहार्दाचहार्दै तीन सङ्क्रमितको मृत्यु
चितवन । जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीन...

रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झुन्डिएर एक युवाले गरे आत्महत्या

रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झुन्डिएर एक युवाले गरे आत्महत्या
१६ भाद्र, चितवन । रत्ननगरमा बन्दै गरेकाे आकाशे पुलमा झुन्डिएर एक युवाले आत्महत्या गरेका छन् । रत्ननगर-२, टाँडी चाेकमा बन्दै गरेकाे आकाशे पुलमा नरिवलको डोरीले घाटीमा पासो लगाएर अन्दाजी २५/२६ बर्षीय एक युवाले आत्महत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रबिन कार्कीले नेपालीको आवाज डटकमलाई दिएकाे जानकारी अनुसार घटनाकाे बारेमा विहान ४ बजे जानकारी पाए पनि घट्ना ...

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
भरतपुर । चितवनमा सोमबार बिहान थप १७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को परीक्षण प्रयोगशालामा परीक्षण भएका नमुनामध्ये भरतपुरका १५ र रत्ननगरका दुई जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरुमा भरतपुर २ का एक पुरुष, ३ का दुई महिला, ६ का एक महिला, ९ का एक महिला, १० का तीन पुरुष र तीन महिला, १२ का एक पुरुष, १४ का एक महिला, १८ ...

गाउँपालिकाको कार्यालयमा तालाबन्दी

गाउँपालिकाको कार्यालयमा तालाबन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन् । गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस...

देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल

देवघाट क्षेत्रमा कोरोना सङ्क्रमित शव व्यवस्थापन स्थल
चितवन । चितवनमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । देवघाटधाम क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरी क्षेत्रस्थित नारायणी नदी किनारको जङ्गल क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार मानव बस्तीभन्दा टाढाको जङ्गललाई सङ्क्रमित शव व्यवस्थापन स्थल छुट्ट्य...

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग
चितवन । तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् । निरन्तरको निषेधाज्ञाले आपू...

माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु

माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु
चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । पोखरी भाडामा लिएर माछा पाल्नेहरुले माछा चोरी भएपछि छोडेको विद्युतीय तारबारमा उनीहरुलाई करे...

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थिय...

सिएमसीले १० हजार नमुनाको निःशुल्क पिसिआर परीक्षण गर्ने

सिएमसीले १० हजार नमुनाको निःशुल्क पिसिआर परीक्षण गर्ने
चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग ग...