सिएमसीले १० हजार नमुनाको निःशुल्क पिसिआर परीक्षण गर्ने
चितवन । चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको भन्दै तत्कालका लागि आफूहरु सहयोग ग...








