रत्ननगर अस्पतालमा जटिल शल्यक्रिया प्रारम्भ
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगालेका अनुसार ३५ वर्षीया एक चेपाङ महिलाको सफ...









