जुवा खेलेको आरोपमा आठ पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुरबाट आठ जनालाई जुवा खेलेको आरोपमा पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१ मिलनरोडबाट उनीहरुलाई नगद ६१ हजार ७४३ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय प्रकाशमान कर्माचार्यको घरमा मङ्गलबार दिउँसो लुकीछिपी जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पक्राउ पर्ने...









