रत्ननगर नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न
रत्ननगर । रत्ननगर नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ मंगलबार रत्ननगर–१६ वडा कार्यालय परिसरमा सम्पन्न भएको छ ।
कार्यक्रममा २५ जना नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले उठाएका विविध जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रल्हाद सापकोटाले नगरवासीलाई भेदभावरहित ढङ्गले छिटोछरितो सेवा प्रवाह भइरहेको प्रष्ट पार्दै जोकोहीले मेयरसँग प्रत्यक...









