चितवनमा रहेको बिक्रम बाबाको महत्त्व
अजित अधिकारी
चितवन । बिक्रम बाबाको मन्दिर गर्दीको उत्तर पूर्व सिमानामा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र बिक्रम बाबाको मन्दिर रहेको छ । बिक्रम बाबाको बारे प्रश्न गर्दा, यहाँका आदिवासी थारुहरुले तीनै लोकका ठकुराइन (मालिक) भएकाले र सबै कुराहरु दिन सक्ने वा गर्न सक्ने पराक्रमी देवता भएकोले बिक्रम बाबा भनिएको भनाइ छ ।
बिक्रम बाबाको पुजा एक शताब्दी भन्दा पहिल्यैदेखि चलिआएको ...









