चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीले मारे चार गैँडा
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता चोरी सिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी सिकारीका कारण हो । आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृत्त...









