रत्ननगर महोत्सवमा सेल्फी डाँडाले लोभ्यायो दर्शक

रत्ननगर महोत्सवमा सेल्फी डाँडाले लोभ्यायो दर्शक
चितवन- पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा सञ्चालन भइरहेको महोत्सवमा विशेष आकर्षणको रुपमा रहेको सेल्फी डाँडाले दर्शकलाई लोभ्याएको छ । १०औँ रत्ननगर महोत्सवको स्टेजअगाडि रहेको सेल्फी डाँडामा फोटो खिचाउनका लागि महोत्सव अवलोकनमा पुगेका अधिकांश दर्शक पुग्ने गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् महोत्सव परिसर निर्माण समिति संयोजक रघु भट्टले महोत्सव छिरेका ६...

रत्ननगर महोत्सवअन्तर्गत चिकेन एण्ड एग फुड फेस्टिवल सुरु

रत्ननगर महोत्सवअन्तर्गत चिकेन एण्ड एग फुड फेस्टिवल सुरु
चितवन- रत्ननगरको गौरव र गरिमामय प्रस्तुतिका रुपमा जारी रत्ननगर महोत्सवअन्तर्गत टाँडीबजारको सौराहाचोक बसपार्कमा चिकेन एण्ड एग फुड फेस्टिवल सुरु भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको फेस्टिवलमा प्रमुख अतिथि बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गरे । मन्त्री लामाले चितवन पोल्ट्री, केरा, मौरी, धान र तरकारी गरी पाँच जोनका र...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौँ- शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो । उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग...

आजदेखि माडीमा खिचरा महोत्सव, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

आजदेखि माडीमा खिचरा महोत्सव, पूर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
अजित अधिकारी चितवन- दक्षिण चितवनको माडी नगरपालिका ४ स्थित सिदुवाचोकमा आजदेखि प्रथम माडी खिचरा महोत्सव सुरु भएको छ । माडीको पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यका साथ माडीमा खिचरा महोत्सवको आयोजना गरिएको हो । आज हुने प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान ११ बजे आउने कार्यक्रम रहेको महोत्सव मूल आयोज...

सुरक्षित र धैर्यताका साथ गाडी चलाउन टिपर चालकलाई १० बुँदे शपथ खुवाइयो

सुरक्षित र धैर्यताका साथ गाडी चलाउन टिपर चालकलाई १० बुँदे शपथ खुवाइयो
काभ्रेपलाञ्चोक- दुर्घटना न्यूनीकरण गर्न चालकको मुख्य भूमिका रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय र बाग्मती टिपर व्यवसायी संघ काभ्रेपलाञ्चोकले आज जिल्लामा सञ्चालित टिपर चालकलाई सुरक्षित र धैर्यताका साथ गाडी चलाउन निर्देशन दिँदै शपथ गराएको छ । ‘भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा दुर्घटना न्यूनीकरणका लागि चालकलाई शपथग्रहण’ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमु...

१४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन : महामन्त्री कोइराला

१४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन : महामन्त्री कोइराला
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आगामी १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एकढिक्का भई अघि बढ्ने बताए । उनले भने, “नेपाली काँग्रेसलाई एकढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको ह...

हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु

हात्तीको आक्रमणबाट ८० वर्षीया वृद्धाको मृत्यु
हेटौँडा । हात्तीको आक्रमणबाट आज मकवानपुरकी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभन्दा करीब तीन किलामिटर पश्चिमतर्फ रहेको पर्सा वन्यजन्तु आरक्षण जङ्गलमा घाँस काट्ने क्रममा आज उनको जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…

सबैभन्दा बढी भ्रष्टाचार हुनेमा प्रदेश नं २ अघिअघि बागमती पछिपछि…
काठमाडौँ । प्रदेश नं २ ले बढी भ्रष्टाचार हुने प्रदेशका रुपमा कीर्तिमान देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै, बागमती प्रदेश पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरक...

सभामुखको उम्मेदवार यकिन नभई राजीनामा दिन्न : उपसभामुख

सभामुखको उम्मेदवार यकिन नभई राजीनामा दिन्न : उपसभामुख
काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजीनामा नदिने स्पष्ट पारेकी छन् । संघीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्यूज एजेन्सी नेपाल सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, “सभामुख रिक्त नहुने संविधानको परिकल्पन...

अब हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल

अब हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्दैन : उपप्रधानमन्त्री पोखरेल
हेटौँडा- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हरेक कामका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन् । मकवानपुरको मनहरीलाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गर्दै उनले भने, “हिजो केन्द्रमा एउटा सरकार हुन्थ्यो, सबै कामका लागि त्यही सरकारको मुख ताक्नुपथ्र्यो, अब त्यस्तो छैन, मुलुकमा तीन तहका सरकार छन्, ती सरकारले संविधानले उपलब्ध गराएको अधिकारका आधारमा सेवा प...