खिचरामा कौशलले झुमाए दर्शक, डान्स आइडलमा १२ जना छनौट
चितवन- चितवनको खैरहनीमा जारी ‘सातौँ खिचरा महोत्सव–२०७६’ अन्तर्गत सोमबार दोस्रो दिन चर्चित गायक अर्जुन कौशलले दर्शकलाई झुमाएका छन् ।
खैरहनी–५ गौचरनमा जारी महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक कौशलले प्रस्तुति दिएका हुन् । उनले थुप्रै चर्चित गीत प्रस्तुत गरेका थिए । यस्तै आज स्थानीय कलाकाहरुको सांस्कृतिक प्रस्तुतिका साथै थारु समुदायको नृत्यसमेत प्रस्तुत गरिएको ...









