राप्तिका मेयर लामाले गरे असक्त शंखु दराईको घर बनाइदिने घोषणा
चितवन । राप्ती नगरपालिकाका मेयर शमशेर लामाले अत्यन्त बिपन्न एवम् दयनीय अवस्थामा एक्लो जीवन ब्यतित गरिरहेका राप्ती नगरपालिका-६, रामपुर झर्ना, चितवन निवासी ६४ वर्षीय शंखु दराईको लागि घर बनाइदिने घोषणा गरेका छन् ।
शारीरिकरुपमा समेत अशक्त रहेका शंखु दराईलाई आज नै मेयर लामाले सिरक, डसना, तन्ना, तकिया, चामल, दाल, नुनतेल, मरमसला हस्तान्तरण गरेका छन् र आजबाट नै उनको घर बनाउन शुरु गर...









