रंगशाला निर्माणका लागि ५० करोड उठाउने लक्ष्यसहित धनधान्याचल महायज्ञ गरिने
चितवन- भरतपुर महानगर १५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा धनधान्याचल महायज्ञ आयोजना गर्ने भएको छ ।
रंगशहाला निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले ५० करोड रुपैयाँ उठाउने लक्ष्यसहित निर्माणाधीन रंगशाला परिसरमै माघ १९ गतेदेखि २६ गतेसम्म धनधान्याचल महायज्ञ आयोजना गर्न लागिएको फाउन्डेसनका अध्य...









