नारायणगढ-मुग्लिन सडक सुचारु, अब दिउँसो पनि बन्द नहुने

नारायणगढ-मुग्लिन सडक सुचारु, अब दिउँसो पनि बन्द नहुने
चितवन- पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक ४ घन्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार दिउँसोदेखि नियमितरुपमा सुचारु भएको छ । पछिल्लोपटक पुस २२ गते सूचना जारी गरी पुस २५ गतेबाट बन्द सडक सुचारु गरिने भनिए पनि मौसम परिवर्तन भई पानी परेसँगै आजदेखि नै सडक नियमितरुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खन...

चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु

चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु
चितवन- विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु भएको छ । नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ । नेपालमा सन...

खैरहनीमा सातौँ संस्करणको खिचरा महोत्सवको अन्तिम तयारी

खैरहनीमा सातौँ संस्करणको खिचरा महोत्सवको अन्तिम तयारी
चितवन- पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरणमा यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको सातौँ खिचरा महोत्सवको अन्तिम तयारी भएको आयोजकले जनाएको छ । थारु समुदायको माघी (खिचरा) पर्वको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । सभाले बुधबार पत्रकार सम्मेलनमार्फत् महोत्सवको तयारी र उद्देश्यबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ह...

श्रीमती बलात्कार गरेको कसुरमा श्रीमानलाई सात वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना

श्रीमती बलात्कार गरेको कसुरमा श्रीमानलाई सात वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना
चितवन- आफ्नै श्रीमती भन्दैमा इच्छाविपरीत यौनसम्पर्क राख्ने चाहना राख्नुभएको छ भने सावधान ! २०७४ भदौदेखि लागू भएको नयाँ (मुलुकी अपराध संहिता) कानुनअनुसार श्रीमतीको इच्छाविपरीत जर्बजस्ती यौनसम्पर्क राख्न खोजे बलात्कारको कसुरमा सजाय हुन्छ । भरतपुर महानगरपालिका-२१ मा पनि यस्तै घटना भएको छ । १९ वर्षीया श्रीमतीलाई बलात्कार गरेको आरोपमा भरतपुर २१ का २२ वर्षीय अजय श्रेष्ठ नयाँ कानुनक...

मल कल्चरमा अभ्यस्त हुँदै चितवनवासी

मल कल्चरमा अभ्यस्त हुँदै चितवनवासी
चितवन- रत्ननगरका सुभास रेग्मीका लागि यस पटकको अंग्रेजी नयाँ वर्ष सम्झनामा रहिरहने घटना बनेको छ । ‘विगतका अंग्रेजी नयाँ वर्ष कसरी आएर कसरी जान्थ्यो थाहा थिएन । यसपटकको अविस्मरणीय बन्यो,’ उनीभन्छन्, ‘नेपाली नयाँ वर्षको दिन पनि यस्तै होस् भन्ने कामना गरेको छु ।’ उनी यति खुसी हुनुको कारण रहेछ– भरतपुरमा खुलेको सिजी ल्यान्डमार्कमा नयाँ वर्षको अघिल्लो दिन आयोजित सांगीति ककार्यक्रम ।...

जन्मदर्ताका लागि दुई लाख घुस !

जन्मदर्ताका लागि दुई लाख घुस !
सप्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो । वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित...

हिमपातका कारण रसुवाको जनजीवन कष्टकर

हिमपातका कारण रसुवाको जनजीवन कष्टकर
रसुवा- मंगलबार रातिदेखि परेको हिमपातका कारण अत्यधिक चिसो बढ्न गई उत्तरी रसुवाको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपात र चिसोका कारण समुद्री सतहदेखि एक हजार ६०० मिटरभन्दा माथिको जनजीवन असहज बन्दै गएको हो । चिसोले उत्तरी रसुवाका लाङ्टाङ, चन्दनबारी, ठूलोस्याफ्रु, बृद्धिम, खैदी, गतलाङ, गोल्जुङ, नाकथली, थुमन, पारागाङ, राम्चे, यार्सा, हाकु, धुञ्चे, नागुङलगायत क्षेत्रका मानव बस्तीलाई ...

प्रदेशसभाका अधिकांश सांसद् हेटौँडा राजधानीको पक्षमा

प्रदेशसभाका अधिकांश सांसद् हेटौँडा राजधानीको पक्षमा
हेटौँडा- प्रदेश ३ को प्रदेशसभामा आज स्थायी राजधानीको विषयले प्रवेश पाएको छ । आजको प्रदेशसभा बैठकमा प्रदेशको राजधानीका बारेमा अध्ययन गरेर उपयुक्त स्थानको छनौट गरी सुझाव दिन अघिल्लो वर्षको वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा बनेको कार्यदलले सदनलाई बुझाएको प्रतिवेदनका बारेमा व्यापक छलफल भयो । बैठकमा प्रतिवेदनमाथि छलफल होस् भनी संयोजक निरौलाले प्रस्ताव राखेका थिए । ...

नारायणगढ–मुग्लिन सडकखण्ड थप दुई दिन बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्ड थप दुई दिन बन्द हुने
चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि बुधबार र बिहीबार दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ गत मङ्सिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ । सो कार्य नसकिएको हुँदा बिहीबार दिउँसो पनि सोह...

नेपालमा अवैध गतिविधि गर्ने १२२ चिनियाँ नागरिकलाई देश निकाला

नेपालमा अवैध गतिविधि गर्ने १२२ चिनियाँ नागरिकलाई देश निकाला
काठमाडौँ- पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई आज निष्कासन गरिँदैछ । अध्यागमन विभागका अनुसार बुधबार साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो । नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा क...