भारतमा एकै दिनमा ४९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित
नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ९० हजार २८४ पुगेको अधिकारीले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणको कारण एकै दिनमा ७५५ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यस...






