चीनमा एकै दिन १२९० जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६३२ पुग्यो
काठमाडौँ । कोरोना भाइरसको उत्पत्ति भएको चीनमा पछिल्लो समय नियन्त्रणउन्मुख भइरहेको अवस्थामा शुक्रबार एक्कासि १२९० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
बिहीबार रातिसम्म चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३३४२ रहेको विवरण वल्र्डोमिटरले सार्वजनिक गरेको थियो । तर, शुक्रबार एक्कासि मृत्यु हुनेको संख्या बढेर ४६३२ पुगेको हो ।
चिनियाँ सञ्चारमाध्यमहरुले मृतकको संख्...









