पूर्वी चितवनकाे खैरहनीमा तास खेलिरहेका सात जना पक्राउ
चितवन । पूर्वी चितवनकाे खैरहनीमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गए राती ११:०० बजेको समयमा खैरहनी न.पा.३ उनान्टोल स्थित चिरञ्जिवी सडौलाको घरमा जुवा तास खेली रहेको सात जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुबाट नगद रू. २,२४,५२०/- (दुई लाख चौबिस हजार पाँच सय बीस), तास १ (एक) बुक सहित बरामद गरिएकाे प्रहरीले जनाएको ...









