मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
नुवाकोट- फोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फोहर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित
काठमाडौँ- प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्को बैठक निर्धार...

१६औं हात्ती महोत्सब सुरु, पुर्वाधार विकास भए मात्र पर्यटकको संख्या बढ्छ–प्रचण्ड

१६औं हात्ती महोत्सब सुरु, पुर्वाधार विकास भए मात्र पर्यटकको संख्या बढ्छ–प्रचण्ड
महेश पाण्डे चितवन । १६ औं हात्ती महोत्सब सुरु भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आज (बिहिबार) देखि सौराहामा रहेको बाघमारा सामुदायीक बनको खालि चौरमा महोत्सब सुरु भएका हो । यस अघि ५ दिन सम्म मात्र चल्ने महोत्सब यस पटक भने ९ दिन सम्म चल्नेछ । प्रदेश सरकाले पनि भ्रमण वर्ष २०२० लार्य लक्षित गरि हात्ती महोत्सबलाई पनि आफ्नो कार्यक्रमनै मानि अगाडी बढेकै कारण महोत्सब लम...

आज सूर्यग्रहण, के हो सूर्यग्रहण ? ग्रहणमा के गर्न हुदैन ?

आज सूर्यग्रहण, के हो सूर्यग्रहण ? ग्रहणमा के गर्न हुदैन ?
चितवन । आज (बिहिबार) सूर्यग्रहण लाग्ने दिन रहेको छ । सूर्यग्रहण नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुने हुनाले ग्रहण अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । खास गरि सूर्य ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने भएकोले घर बाहिर ननिस्केको नै उत्तम हुने खगोल बैज्ञानिकहरुको सुझाव रहेको छ । यसैगरी फूल टिप्न, क...

त्रिशूली नदीमा डुबेर बालकको मृत्यु

त्रिशूली नदीमा डुबेर बालकको मृत्यु
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–७ का एक बालकको आज बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो । शङ्कर र उहाँका दुई साथी प्रातः भ्रमणमा निस्किनुभएको थियो । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणक...

स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सप्तरी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कार्पियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थ...

नेपालको भूसंरचना सबैको आँखामा परेको छ : प्रचण्ड

नेपालको भूसंरचना सबैको आँखामा परेको छ : प्रचण्ड
महेश पाण्डे चितवन- नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूसंरचना सबैको आँखामा परेको बताएका छन् । उनले दुई ठूला छिमेकीको बीचमा नेपाल रहेको बताउँदै विश्व शक्तिको केन्द्र एसिया बन्दै गएको अवस्थामा नेपालको भूभाग सबैको आँखामा परेको बताए । बिहीबार चितवनको रत्ननगरमा नेपाल जेसीजको ४६औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले पहिला विश्वको शक्ति...

राष्ट्रपतिसँग भारतीय राजदूत पुरीको बिदाइ भेट

राष्ट्रपतिसँग भारतीय राजदूत पुरीको बिदाइ भेट
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लागेका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् । त्यस अवसरमा  उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले बिदाइ भेट गरे । भेटका बेला ...

गैरकानुनी रुपमा यात्रु बोक्ने चौध निजी सवारीसाधन कारबाहीमा

गैरकानुनी रुपमा यात्रु बोक्ने चौध निजी सवारीसाधन कारबाहीमा
काठमाडौँ- काठमाडौँको नयाँ बसपार्कमा निजी नम्बर प्लेटका सवारीसाधनले भाडा लिएर धमाधम मान्छे ओसारपसार गर्ने गरेको पाइएको छ । सार्वजनिक सवारीसाधनले मात्र यात्रु बोक्न पाउने कानुनी व्यवस्था भए पनि पछिल्लो समय निजी नम्बर प्लेटका सवारीसाधनले भाडा लिएर धमाधम मान्छे बोक्ने गरेको पाइएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बसपार्कले आज चलाएको विशेष अप्रेशनमा गैरकानूनी रुपमा यात्रु बोक्ने १४...

नक्कली नोट कारोबार गर्ने बंगलादेशी पक्राउ

नक्कली नोट कारोबार गर्ने बंगलादेशी पक्राउ
काठमाडौँ । एक हजार दरका नक्कली नोटको कारोबार गर्ने चारजना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला...