चितवनको निषेधाज्ञा जेठ २० सम्मको लागि थप, हालसम्म १३ हजार ९७५ जना कोरोना संक्रमित
चितवन । कोरोना भाइरस लक्षित जारी चितवनमा गत बैशाख १६ गते देखि लागु भएको निषेधाज्ञा जेठ २० गते सम्म थप भएको छ । चितवनमा संक्रमणको जोखिम अझै कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २० गते सम्मको लागि निषेधाज्ञा थपिएको जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार चितवनमा कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले निषेधाज्ञाको अवधी बढाइएकोे जानक...









